श्रीकृष्ण कृपाधाम मन्दिर देवघाट र युवा परिषदको संयुक्त आयोजनामा गरिएको एकदिने निशुल्क स्वास्थ्य शिबिरमा १६८ जनाले सेवा लिएका छन् ।
मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको उक्त स्वास्थ्य शिबिरमा चितवनका विभिन्न अस्पतालमा कार्यरत नाक, कान, घाँटी र मुटु सम्बन्धि फिजिसियन डाक्टरहरुले सेवा दिएका हुन । यसैगरी मुटु रोग विशेषज्ञ डा. सबिना सेढाई, डा. अच्युत मरहठ्ठा र डा. बादल खनियाले मुटुका बिरामीहरुको परिक्षण गर्नुभएको थियो ।
जाँचका क्रममा अधिकांश वृद्धवृद्धाहरुमा मुटु रोगको लक्षण देखिएको डा. बादल खनियाले जानकारी दिनुभयो । यस्तो अबस्थामा मुटुको चाल बढ्ने, असामान्य मुटु ढुकढुक हुने, मुटु दुख्ने जस्ता समस्या देखापर्ने गरेको उहाँको भनाइ छ ।
यसैगरी शिबिरमा हाडजोर्नी, नशा बाथ आदिका बिरामीहरुको समेत स्वास्थ्य परिक्षण गरिएको युवा परिषद देवघाटका अध्यक्ष ईश्वरचन्द्र पौड्यालले जानकारी दिनुभयो । बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म गरिएको उक्त स्वास्थ्य शिबिरमा हाडजोर्नी र नशा सम्बन्धिका ४० जनाले स्वास्थ्य सेवा लिएको पौड्यालले बताउनुभयो । शिबिरमा स्वास्थ्य परिक्षण गराएकाहरुलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो ।
उता, वे ग्रुपले मन्दिर वरपर सरसफाइ गरेको छ । वे ग्रुपले बिहान ७ बजेदेखि ९ बजेसम्म मन्दिर परिसर र वरपर सरफाई गरेको युवा परिषद देवघाटका अध्यक्ष ईश्वरचन्द्र पौड्यालले जानकारी दिनुभयो ।