स्कोव ट्रेनिङ सेन्टर पश्चिम चितवनको आयोजना र ग्रामोदय इङलिस स्कुल भरतपुर ५ को सहआयोजनामा भएको अन्तर विद्यालय नृत्य प्रतियोगितामा सनलाईट इङलिस बोर्डिङ स्कुल प्रथम भएको छ ।
यसैगरी कमलदेबी इङलिस बोर्डिङ स्कुल दोस्रो, ग्रामोदय इङलिस बोर्डिङ स्कुल तेस्रो र चित्रवन इङलिस बोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गरेको छ ।
स्कोव ट्रेनिङ सेन्टर पश्चिम चितवनका वरिष्ठ उपाध्यक्ष तम बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन बागमती प्रदेश कार्यसमितिका सहकोषाध्यक्ष नवराज भट्टको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पश्चिम चितवनका १४ वटा विद्यालयका विद्यार्थीहरुले नृत्य प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा उत्कृष्ट हुन सफल बिद्यार्थीहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रमको पहिलो खण्ड अरुण विलास अधिकारी र दोस्रो खण्ड अरुण अधिकारीले संचालन गर्नुभएको थियो ।
कार्यक्रममा प्याब्सन बागमती प्रदेश र स्कोव कार्यसमिति चितवनका सल्लाहकार अरविन्द प्रताप राणा, स्कोव कार्यसमिति तथा परीक्षा उपसमिति संयोजक राम प्रसाद घिमिरे, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र प्रसाद पौडेल, समाजसेवी तथा पूर्व क्याम्पस प्रमुख एल. बि. क्षेत्री, शिक्षक अभिभावक संघका अध्यक्ष यम बहादुर अधिकारी, दुर्गा शान्ति टोल विकास समितिका अध्यक्ष कमल श्रेष्ठ लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधि शिक्षक विद्यार्थी आदिको सहभागीता रहेको थियो ।