रक्त क्यान्सर पिडीत दिवाकर स्मृति माध्यमिक विद्यालयका शिक्षक, हाँस्य कलाकार एवं सञ्चारकर्मी भुपराज पाठकको उपचारमा आवश्यक ५० लाख सहयोग संकलन गर्ने पुर्व निर्धारीत लक्ष्य पुरा भएसंगै सहयोग अभियान बन्द गरिएको छ ।
भुपराज पाठकको उपचार सहयोग अभियानको आज वुधबार माडी क्याम्पसको प्राङ्गढमा बसेको बैठकले आय व्ययको विवरण सार्वजनिक गर्दै लक्षित सहयाेग रकम जुटेसंगै उक्त अभियान बन्द गर्ने निर्णय गरेको हो ।
दिवाकर स्मृति माध्यामिक विद्यालयको आयोजनामा गत मंसिर २४ गते विद्यालयका प्रधानाध्यापक बल बहादुर संयोजकत्व रहने गरि भुपराज पाठक उपचार सहयोग अभियान थालनी भएको थियो । पाठकको उपचारको लागि आवश्यक पर्ने करिब ५० लाख रकम जुटाउने उद्धेश्यसहित अभियान थालनी भएको १६ दिनमै सहयोग रकम जुटेको हो ।
पाठकको उपचारमा हालसम्म १८ लाख खर्च भैसकेको र बाँकि रकम बैंक खाता र गो फन्ड मि मार्फत जम्मा भएको विवरण सार्वजनिक गर्दै अभियानले पाठकको उपचारमा सघाउने सम्पूर्णमा धन्यवाद दिंदै सहयोग अभियान बन्द गरिएको घोषणा गरेको हो ।
(अभियानले सहयाेग रकमकाे बैंक स्टेटमेन्ट सहित सम्पुर्णकाे खर्चकाे विवरण सार्वजनिक गर्ने निर्णय समेत गरेकाे छ ।) #PRD810910 भुपराज पाठक उपचार अभियान