चक्रपथ (रिङराेड) अन्तर्गत पर्ने माडी-१ पाण्डबनगरदेखि चैनपुर हुंदै लक्ष्मुनिया र भंगता जोडने बाटाेमा १५० मिटर अवराेध हुँदा आवातजावतमा समस्या भएकाे भन्दै तत्काल बाटाे खुलाउन स्थानियले दाेस्राे पटक ध्यानाकर्षण गराएका छन् ।
माडीकाे चक्रपथ अन्तरगतकाे साे सडकखण्डमा स्थानीय लाल बहादुर क्षेत्रीकाे अवराेधका कारण मानव र पशुचाैपाया हिंडडुल गर्न गाह्राे भएकाेले बाटाे खुलाउन पहल गर्न स्थानीयले माडी नगरपालिकामा गत असाेज २१ गते ज्ञापन पत्र बुझाएका थिए ।
तर, त्यसकाे ३ महिना पुग्न लाग्दा समेत नगरपालिकाले बाटाे खुलाउन चासाे नदिएकाे भन्दै आइतबार नगरप्रमुख तारा कुमारी काजी महताेलाइ १ हप्ताभित्र (पाैष २१ गतेभित्र) बाटाे खुलाउन ध्यानाकर्षण गरिएकाे छ । एक हप्ताभित्र नगरपालिकाले चासाे नदिएमा नगरपालिकाकाे प्राङ्गढमा उपस्थित भइ तालाबन्दी गर्ने स्थानीयकाे तयारी छ ।#PRD810915