पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभर चिसाे बढेकाे छ ।
Advertisement
पाैषकाे मध्यतिरबाट अधिक चिसाे महसुस हुन थालेकाे हाे । चिसाेका कारण देशभर जनजीवन प्रभावित बनेकाे छ । हिमाली भेगमा हिमपात भएकाे छ । तराईमा शितलहर/बादल लागेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
बिहीबार दिउसो प्रदेश १ र सुदूरपश्चिमका पहाडी भेगमा आंशिक देखि सामान्य बदली रही हिमाली भेगमा हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ। तराईका अधिकांश भू-भागमा हुस्सु/बादल लाग्ने हुँदा दैनिक जीवन र सडक तथा हवाई यातायात प्रभावित हुने अनुमान छ ।
चिसाेबाट बच्न आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागकाे अनुरोध छ ।