पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायाणदत्त सापकोटा ‘वासु’ ले माडी–१ मा चक्रपथ अन्तरगत पर्ने चैनपुर देखि लक्ष्मुनिया जोड्ने बाटो निमार्णमा मध्यवर्तीको तर्फबाट कुनै राेकताेक नरहेको बताउनुभएको छ ।
पारदर्शी अनलाईन र सामुदायिक रेडियो माडीबाट संयुक्त रिपोर्टिङमा गएको टिमसंग कुराकानी गर्दै उहाँले माडीको चक्रपथमा अयोध्यापुरीदेखि बनकटासम्म आइपुग्दा अधिकांश ठाउँमा सामुदायिक बन, मध्यवर्ती र चितवन राष्ट्रिय निकुञ्ज परेपनि सहजै बाटो निमार्ण सम्पन्न भइसकेकोले एक व्यक्तीको कारण परेको समस्यालाई संस्थागत रुपमा ल्याएर जोड्नु राम्रो नभएको जिकिर गर्नुभयो ।
साथै, चितवन राष्ट्रिय निकुञ्जसंग गर्नुपर्ने पहल र आवश्यक समन्वयको लागि पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति तयार रहेको समेत बताउनुभयो ।
(यसै विषयमा थप फलाेअप अन्तरगत: माडी-१ का वडाध्यक्षकाे धारणा यसपछि प्रकाशन गर्नेछाैं ।#PRD810918