• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, कार्तिक २३, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

नेपाल दक्षिण अफ्रिकासँग पराजित

कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

चितवनमा १४ करोडको कृषि आधुनिकीकरण योजना, १० वटा कार्यक्रम सञ्चालन हुँदै

त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता

लोकप्रिय समाचार

  • १. नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

  • २. चितवनमा युवाको मतदाता दर्तातर्फ बढ्दो आकर्षण

  • ३. ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

  • ४. रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

  • ५. चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

  • ६. पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

  • ७. सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले

  • ८. त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता

  • ९. कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

  • १०. विश्वकप लिग टुः युएई सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै

सरस्वती क्लबको भजन प्रतियोगिताको तयारी तीब्र , दर्ता मिती फागुन १० सम्म थपियो


  •   मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
  • महाशिवरात्रीको अवसरमा हुने बृहत भजन प्रतियोगिताको तयारी तीब्र पारिएको छ ।

    Advertisement

    भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित सरस्वती युवा क्लबको आयोजनामा शिवरात्रीको अवसरमा लमजुङ्ग चोकमा हुने उक्त प्रतियोगिताको तयारी तीब्र पारिएकोे हो ।

    भजन प्रतियोगिताको लागि प्रचारप्रसार तीब्र तथा सचिवालय स्थापना गरिसकिएको क्लबका अध्यक्ष एवं कार्यक्रम संयोजक सुवास सिलवालले जानकारी दिनुभयो । क्लबले प्रतियोगिताको लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिईसकेको छ । सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालय चितवनलाई आग्रह पनि गरिएको उहांँले बताउनु भयो ।

    संयोजक सिलवालका अनुसार हालसम्म ८ वटा भजन समुहले दर्ता गरिसकेका छन । ‘हालसम्म ८ वटा भजन समुहले दर्ता गरिसक्नु भएको छ । २० वटा भजनसमुह सम्मलाई हामीले प्रतियोगितामा सहभागी गराउंँछौ । ईच्छुक भजन समुहले यथाशीघ्र सचिवालयमा आएर दर्ता गर्न आग्रह गर्दछु ।’ संयोजक सिलवालले भन्नुभयो । आयोजकले भजन समुहको लागि फागुन १० गतेसम्म समय अवधि थपेको छ । हरेक सहभागी भजन समुहलाई १० मिनेट समय निर्धारण गरिएको छ । आयोजकको निर्णय नै अन्तिम निर्णय हुने संयोजक सिलवालले बताउनु भयो ।

    फागुन १३ गते क्लब परिषरमा हुन लागेको प्रतियोगितामा प्रमाणपत्रसहित प्रथम हुनेले नगद ३० हजार , द्धितियलाई २० हजार रुपैंया तृतीय स्थान प्राप्त गर्नेलाई १० हजार रुपैयांँ र सान्त्वना पुरस्कार स्वरुप दुईजनालाई ५ हजार रुपैंया प्रदान गरिनेछ । यस्तै सहभागी सबैलाई मायाको चिनो दिईने अध्यक्ष सिलवालले बताउनुभयो । उक्त पुरस्कार मध्ये तेस्रो पुरस्कारको सौजन्य ड्रीमलाईन ग्रुप एण्ड कम्पनीले गर्ने भएको छ । यस्तै प्रतियोगिता सम्पन्न गर्न भरतपुर– १५ ले आर्थिक सहयोगको प्रतिबद्धता गरेको सिलवालले बताउनु भयो ।

    प्रतियोगी समुहले आवेदन शुल्क पांँचसय रुपैंया बुझाउनु पर्नेछ । प्रतियोगी समुहले शिवभत्ती भजन प्रस्तुत गर्नुपर्नेछ । हरेक समुहको प्रस्तुतीको समय १५ मिनेट रहनेछ र भजन सहितको नृत्यलाई बिशेष प्राथमिकता दिइने कार्यक्रम संयोजक शान्ति केसीले बताउनु भयो । बाध्यवाधनको सामाग्री प्रतियोगी समुह आफैंले व्यवस्था गर्नुपर्ने र आयोजकको अन्तिम नतिजानै निर्णायक हुने उहांँले बताउनु भयो ।
    धर्म संस्कृति र सम्पदाको जर्गेना एवं संरक्षण गर्ने उद्धेश्य सहित भजन प्रतियोगिता गर्न लागिएको हो ।

    क्लबले यसअघिपनि थुप्रै सिर्जनात्मक र सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिंँदै जाने अध्यक्ष सिलवालको भनाई छ । वडा नम्बर १४ र १५ का युवाहरुलाई एकीकृत गरी रचनात्मक काम गर्ने उद्धेश्य सहित क्लबको स्थापना २०५० सालमा भएको थियो ।

      मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      नेपाल दक्षिण अफ्रिकासँग पराजित
      कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु
      नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित
      राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
      ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष
      रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

      लोकप्रिय

      • १.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • २.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ३.
        सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार

      • ४.
        यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ

      • ५.
        भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

      • ६.
        कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

      भर्खरै

      • १.
        नेपाल दक्षिण अफ्रिकासँग पराजित

      • २.
        कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

      • ३.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

      • ४.
        राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

      • ५.
        ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

      • ६.
        रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

      • ७.
        चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

      • ८.
        चितवनमा १४ करोडको कृषि आधुनिकीकरण योजना, १० वटा कार्यक्रम सञ्चालन हुँदै

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.