निजामती सेवा अन्तर्गत राजपत्र अनंकित द्दितिय श्रेणी (खरिदार) पदमा भारि संख्यामा दरखास्त आव्हान भएकाे छ ।
लाेकसेवा आयाेगकाे वेबसाइट र गाेरखापत्रमा प्रकाशित सूचना अनुसार हेटाैंडामा खुला पदमा १५ जनाकाे विज्ञापन खुलेकाे छ भने महिला, आदिवासी जनजाति र मधेशी काेटामा समान ४-४ जना र अपाङ्गमा २ र पिछडिएकाे क्षेत्रमा १ जनाकाे विज्ञापन खुलेकाे हाे ।
त्यस्तै, लाेकसेवा आयाेग धनकुटा कार्यालयमा १५ जना, इलाममा १४ जना, खाेटाङमा १३, जलेश्वरमा सर्वाधिक ४० जनाकाे खुला पदमा विज्ञापन खुलेकाे छ । त्यस्तै, काठमाडौंमा २८ जना, पाेखरामा १४ जना, बागलुङमा ११, बुटवलमा १६, दाङ्गमा १० जना, सुर्खेतमा १४ जना, जुम्लामा ९ जना, दिपायलमा १८ जना र महेन्द्रनगर कार्यालयमा १० जनाकाे खुला पदमा विज्ञापन खुलेकाे हाे ।
प्रथम पत्र (सामान्य ज्ञान र बाैद्दिक परिक्षण) काे परीक्षा मिति २०८२ बैशाख २० गते निर्धारण गरिएकाे छ भने द्दितिय र तृतिय (सैद्धान्तिक) परीक्षा मिति असार २० गते रहेकाे छ ।
१८ वर्ष पूरा भई ३५ वर्ष उमेरहद नकटेका र न्युनतम एस.इ.इ. वा साे सरहकाे याेग्यता पुगेका युवाहरूले परीक्षा दिन पाउनेछन् । पूरा विवरणकाे लागि लाेकसेवा आयाेगकाे वेबसाइट (https://www.psc.gov.np) मा गएर हेर्न सकिनेछ । #PRD8111284 #pscvacancy