• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, असार २०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

चितवनमा अवैध कन्सल्टेन्सी बन्द गराउनबाट प्रशासन पछि हट्यो

प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर,रिट बहुमतले खारेज

आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार सुरु

दुई जातका धानको मूल बीउ उत्पादन गर्दै किट विकास फार्म

चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको गुनासो

वन जङ्गल र वातावरण संरक्षणका लागि वृक्षरोप अपरिहार्य : अध्यक्ष थापा

लोकप्रिय समाचार

  • १. चितवनले सुन्दैछ अग्रजका गजल

  • २. अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित १४ जना पक्राउ

  • ३. माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

  • ४. उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

  • ५. माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

  • ६. वन जङ्गल र वातावरण संरक्षणका लागि वृक्षरोप अपरिहार्य : अध्यक्ष थापा

  • ७. चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको गुनासो

  • ८. दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

  • ९. बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

  • १०. कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

चितवनमा नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला हुँदै


  •   बिहिबार, चैत ०६, २०८१ मा प्रकाशित
  • चितवनमा नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८१ हुने भएको छ ।

    Advertisement

    चितवन उद्योग संघको आयोजनामा यही चैत १४ गतेदेखि १८ गतेसम्म चितवन प्रदर्शनी केन्द्र भरतपुर चितवनमा नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुन लागेको हो ।

    सो प्रदर्शनीमा प्रदेश स्तरीय चित्रकला प्रतियोगिता तथा प्रदर्शनी, प्रतियोगिता तथा प्रदर्शनी, स्वदेशी जुत्ता चप्पल प्रबर्द्धन तथा व्यापार मेला लगायतका थुप्रै प्रदर्शनी हुने भएको हो ।

    प्रदर्शनीमा औद्योगिक मेशिनरी तथा प्रविधि (प्रोसेसिङ, पोल्ट्री, डेरी, फुड एण्ड वेभरेज, चिया) निर्माण उद्योगका मेशिनरी तथा प्रविधि र निर्माण सामग्रीहरू, पेन्ट इन्डष्ट्रिज, प्लाष्टिक, प्रिन्टिङ, प्याकेजिङ, पोल्ट्री, कृषि, चित्रकला, हस्तकला र मह उद्योगका प्रविधि, मेशिनरी तथा उत्पादनहरु, लघु, घरेलु, साना र मझौला उद्योगका उत्पादनहरु, सोलार ऊर्जा र वैकल्पिक ऊर्जा कम्पनीहरू, फोहोर व्यवस्थापन र पुनः प्रयोग कम्पनीहरू, विद्युतीय सवारी साधन, स्टार्टअप र प्राविधिक कलेजका प्रोजेक्ट डेमो, शैक्षिक परामर्श, रोजगार व्यवस्थापन कम्पनी तथा वृत्ति परामर्शदाताहरु, औद्योगिक व्यवसायिक साझेदार (बैंक, विमा, व्यवसायिक परामर्शदाता, ट्रान्सपोर्ट, एजेन्सी सेवा प्रदायक) निर्यातजन्य उत्पादन, फुटवेयर, गार्मेन्ट लगायतका करीब २०० स्टलहरु रहनेछन् ।

    प्रदर्शनीमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमी व्यवस्था तथा प्रशासन मन्त्रालय, बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय, कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सुदुर पश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग तथा वाणिज्य कार्यालय चितवन, भरतपुर महानगरपालिका सहित चितवनका स्थानीय पालिकाहरुको प्रवर्द्धन सहयोगमा प्रदर्शनीको आयोजना हुन लागेको प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी ५० हजार भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने अनुमान आयोजकले लिएको छ ।

    यसैगरी प्रदेश स्तरीय हुने चित्रकलामा प्रथम हनेलाई रु. ३० हजार नगद र प्रमाण पत्र, दोश्रो हुनेलाई रु. २० हजार नगद र प्रमाण पत्र, तेश्रो हुनेलाई रु. १० हजार नगद र प्रमाण पत्र र सान्त्वना हुनेलाई रु. ५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

    प्रदर्शनी अन्तर्गत नै स्वदेशी उत्पादनको प्रबर्द्धन, आयात प्रतिस्थापन र निर्यात प्रबर्द्धन गर्ने उद्देश्यका साथ नेपाली जुत्ता घर प्रा.लि. को आयोजनामा नयाँ वर्ष २०८२ लाई लक्षित गरी चितवन प्रदर्शनी केन्द्रमा चैत्र १४ गतेदेखि वैशाख ९ गतेसम्म स्वदेशी जुत्ता चप्पल प्रबर्द्धन तथा व्यापार मेला आयोजना हुनेछ ।

    मेलामा नेपालमा उत्पादित विभिन्न कम्पनीका एक हजार पाँच सय भन्दा बढी मोडलका १५ भन्दा बढी ब्राण्डका जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरु लेडिज, जेन्स, बच्चाका लागि आकर्षक डिजाइनका उत्पादनहरु विक्री वितरण गरिनेछ

    स्वदेशी जुत्ता, चप्पलका बारेमा आम उपभोक्तालाई जानकारी गराउने, स्वदेशी उत्पादन उपभोगका लागि आम जनमानसमा प्रचार प्रसार गर्ने, विदेशी जुत्ता चप्पल तथा छालाका वस्तुहरुको आयातलाई प्रतिस्थापन गरी जुत्ता चप्पल तथा छालाका वस्तु उत्पादनका क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउने, वास्तविक उत्पादक र ग्राहकको प्रत्यक्ष भेटघाटको माध्यमबाट स्वदेशी उत्पादनको गुणस्तर वृद्धिका लागि पृष्ठपोषण संकलन गर्ने, उद्यमी बीच स्वच्छ र स्वस्थ प्रतिस्पर्धी गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तरमा सुधार ल्याउने वातावरण तयार गर्नु मेलाको मुख्य उद्देश्य रहेको छ ।

    मेलामा करीब १५ हजार जोर जुत्ता, चप्पलको बिक्री हुने र १ करोड ५० लाख बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । मेलामा प्रत्यक्ष कम्पनीहरुले सहभागिता जनाउने हुँदा आकर्षक छुटका साथ प्रत्येक दिन जुत्ता, चप्पल खरिद गर्ने ग्राहकहरुलाई विभिन्न स्किमहरुको व्यवस्था गरिनेछ । उक्त मेलामा १ लाख जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।

      बिहिबार, चैत ०६, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस
      दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश
      चितवनमा अवैध कन्सल्टेन्सी बन्द गराउनबाट प्रशासन पछि हट्यो
      प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन
      ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर,रिट बहुमतले खारेज
      आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार सुरु

      लोकप्रिय

      • १.
        देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५

      • २.
        पाेल्याण्डकाे वार्सामा भलिबल र चेस खेल सम्पन्न

      • ३.
        सेवा र विकासका लागि युवाद्वारा सन्धिखर्कमा शैक्षिक

      • ४.
        चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको

      • ५.
        ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक

      • ६.
        सेवा र विकासका लागि युवाद्वारा गुल्मीको  रीडीमा

      भर्खरै

      • १.
        उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस

      • २.
        दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

      • ३.
        चितवनमा अवैध कन्सल्टेन्सी बन्द गराउनबाट प्रशासन पछि हट्यो

      • ४.
        प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन

      • ५.
        ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर,रिट बहुमतले खारेज

      • ६.
        आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार सुरु

      • ७.
        दुई जातका धानको मूल बीउ उत्पादन गर्दै किट विकास फार्म

      • ८.
        चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको गुनासो

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.