Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, कार्तिक १६, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धन महँगियो

कार्यवाहक सभापतिको अनुमतिबिनै महाधिवेशनको कार्यतालिका पेस गर्ने थापाको तयारी

व्यवसायी सिग्देलमाथि आक्रमण, भरतपुर अस्पतालमा उपचार हुँदै

चितवनमा दुई बस ट्रकमा ठोक्किदा ३३ जना घाइते

देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने

मनाङमा पदयात्रा गर्न एक साता रोक

रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

नयाँ शक्तिहरूलाई एकैठाउँमा ल्याउने गृहकार्यमा रास्वपा, १४ गते बृहत् राजनीतिक संवाद गर्ने

लोकप्रिय समाचार

  • १. सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल

  • २. भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

  • ३. बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

  • ४. सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा

  • ५. आँबुखैरेनीमा माइक्रो दुर्घटनामा १४ जना घाइते

  • ६. प्रधानमन्त्री कार्की मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा, चार जना थपिने

  • ७. प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल

  • ८. आईसीसी क्रिकेट विश्व कप लिग-२ः आइतबार अमेरिकासँग भिड्दै नेपाल

  • ९. प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

  • १०. रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ’ अध्यक्ष ओझा


  •   आइतबार, चैत ०९, २०८१ मा प्रकाशित
  • नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा क्षेत्रमा हस्तक्षेपकारी नियमनभन्दा पनि संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

    Advertisement

    इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले आयोजना गरेको प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाको सम्मान तथा ‘अबको बिमा क्षेत्र’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले बिमा क्षेत्रको योगदान विश्लेषण गर्नुका साथै सरोकार भएकाहरूबाट प्राप्त सुझावका आधारमा समस्या समाधान गर्न नियामकीय कदम चालिने बताउनुभयो ।

    “बिमा क्षेत्रमा ‘अन्डरराइटिङ’ का विषयमा देखिएका समस्या समाधानमा नियामकको हस्तक्षेपकारी भूमिकाबाट मात्रै हुने नभई बिमा कम्पनीले आफ्नो आन्तरिक सुशासन र स्वनियमन पनि कायम राख्नुपर्छ । यस क्षेत्रले राष्ट्र निर्माणमा पुर्‍याउनसक्ने योगदानलाई केन्द्रमा राखेर हामीले आवश्यक नियामकीय हस्तक्षेप गर्छौं”, अध्यक्ष ओझाले भन्नुभयो । विगतमा भएका असल अभ्यासको निरन्तरता र सुधारका प्रयासलाई थप व्यवस्थित एवं परिस्कृत बनाउँदै लगिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

    बिमा क्षेत्रको सुधारका लागि बीमक संस्थाहरू, मध्यस्थकर्ता, सर्भेयर सङ्घलगायत सरोकार भएका निकायसँग निरन्तर छलफल र सुझाव लिने काम भइरहेको उहाँले जानकारी दिनुभयो । बिमा संस्थाको वित्तीय अवस्था बलियो बनाउन सबै क्षेत्रबाट पहल हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनहरूलाई एकीकृतस्वरुपमा ल्याउन लागिएको ओझाले उल्लेख गर्नुभयो । “कार्यान्वयन गर्न सहज र व्यवस्थित होस् भनेर छरिर रहेका निर्देशनहरूलाई एकीकृत निर्देशिकाका रूपमा ल्याउन लागेका छौँ । केही नियमावलीमा परेका विषयहरू पनि निर्देशिका छन्”, उहाँले भन्नुभयो, “आन्तरिक समिति बनाएर एकीकृत निर्देशिका तयार पार्ने काम सुरु भइसकेको छ । एक–दुई महिनाभित्रै यो काम सकिन्छ ।”
    बिमाविज्ञ डा रवीन्द्र घिमिरेले यस क्षेत्रमा दक्ष जनशक्ति तयार पार्ने पार्दै सूचना प्रविधिको अधिकतम प्रयोग गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

    बिमा क्षेत्रमा कर्मचारीको सानो गल्तीका कारण ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आउने भएकाले दक्ष जनशक्ति उत्पादनका लागि विभिन्न शैक्षिक संस्था, तालिम केन्द्र तथा अनुसन्धान केन्द्रसँग सहकार्य गरी अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    बिमा कम्पनीले अस्वस्थ प्रतिस्पर्धा गरेर आफ्नो हैसियतभन्दा बढीको बिमा गर्दा समस्या भएको पनि घिमिरेको भनाइ छ । यस क्षेत्रमा सम्पत्ति शुद्धीकरणका विषयलाई पनि गम्भीरतापूर्वक हेरिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

      आइतबार, चैत ०९, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धन महँगियो
      कार्यवाहक सभापतिको अनुमतिबिनै महाधिवेशनको कार्यतालिका पेस गर्ने थापाको तयारी
      व्यवसायी सिग्देलमाथि आक्रमण, भरतपुर अस्पतालमा उपचार हुँदै
      चितवनमा दुई बस ट्रकमा ठोक्किदा ३३ जना घाइते
      देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने
      मनाङमा पदयात्रा गर्न एक साता रोक

      लोकप्रिय

      • १.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • २.
        भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को

      • ३.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ४.
        हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने

      • ५.
        नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते,

      • ६.
        सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार

      भर्खरै

      • १.
        डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धन महँगियो

      • २.
        कार्यवाहक सभापतिको अनुमतिबिनै महाधिवेशनको कार्यतालिका पेस गर्ने थापाको तयारी

      • ३.
        व्यवसायी सिग्देलमाथि आक्रमण, भरतपुर अस्पतालमा उपचार हुँदै

      • ४.
        चितवनमा दुई बस ट्रकमा ठोक्किदा ३३ जना घाइते

      • ५.
        देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने

      • ६.
        मनाङमा पदयात्रा गर्न एक साता रोक

      • ७.
        रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

      • ८.
        राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.