राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष एवं अर्थविद डाक्टर विश्व पौडेलले अर्थतन्त्रको सुधारमा तत्काल जोड दिनुपर्ने बताउनुभएको छ ।
चितवन उद्योग संघको आयोजनामा संचालित नवौं औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपालको औद्योगिक क्षेत्रमा सम्भावना र चुनौती विषयक छलफलमा बोल्दै डा. पौडेलले सो कुरा बताउनुभयो ।
स्वदेशमा रोजगारीको प्रबर्द्धन नहुँदा युवा बिदेश पलायनको अवस्थाले औद्योगिक क्षेत्र धरासयी बनेको तर्क गर्नुभयो ।
सम्भावना प्रचुर भएपनि दक्ष जनशक्तिको अभावमा भएका जग्गा जमिनहरु समेत बाँझै राख्नुपर्ने बिडम्बना बनेको दुखेसो पोख्नुभयो ।
यसैगरी बागमती प्रदेश सरकार, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालले आर्थिक नीतिलाई चलायमान बनाउन आफू प्रतिबद्ध बनेको बताउनुभयो ।
औद्योगिक क्षेत्रका समस्या समाधानमा जोडदिन प्रदेश स्तरका मातहतमा पूर्व तयारी थालिएको उल्लेख गर्नुभयो ।
यसैगरी नेपाल सरकार उद्योग बाणिज्य आपूर्ति मन्त्रालयका योजना शाखा प्रमुख डा. हुमकला पाण्डेले स्वदेशी बस्तुको उत्पादनमा जोडदिदै अर्थोपार्जनमा वृद्धि गराइएको जानकारी दिनुभयो । साना तथा ठुला उद्योगको पहिचान गरि आयात निर्यातमा जोड दिएको उल्लेख गर्नुभयो ।
७५३ वटा पालिकामा सरकारले झन्डै एक अरब बराबरको रकम पठाउने गरेको र प्रत्येक पालिकामा उद्यम डेस्कको व्यवस्था गराएको समेत जिकिर गर्नुभयो ।
छलफल तथा अन्तरक्रियामा नेपाल सरकारका पूर्व सचिव डा. मानबहादुर बि.के र चितवन उद्योग संघका पूर्व अध्यक्ष राजु पौडेल सरिक हुनुहुन्थ्यो ।