• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, कार्तिक २३, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

नेपाल दक्षिण अफ्रिकासँग पराजित

कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

चितवनमा १४ करोडको कृषि आधुनिकीकरण योजना, १० वटा कार्यक्रम सञ्चालन हुँदै

त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता

लोकप्रिय समाचार

  • १. नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

  • २. चितवनमा युवाको मतदाता दर्तातर्फ बढ्दो आकर्षण

  • ३. ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

  • ४. रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

  • ५. चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

  • ६. पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

  • ७. सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले

  • ८. त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता

  • ९. कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

  • १०. विश्वकप लिग टुः युएई सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै

प्रधानमन्त्री ओलीको आह्वानपछि नेपालमा लगानी गर्न थाई लगानीकर्ता उत्साहित


  •   बिहिबार, चैत २०, २०८१ मा प्रकाशित
  • प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानपछि थाइल्याण्डका व्यवसायीले नेपालमा पर्यटन, होटल, निर्माणजन्य कच्चापदार्थ जस्ता क्षेत्रमा लगानी गर्न उत्साहित देखाएका छन् ।

    Advertisement

    प्रधानमन्त्री ओलीसँग छलफलका क्रममा थाई व्यवसायीहरूले नेपालमा लगानीका सम्भावना, अवसर र सहकार्यका विषयमा चासो राखेका हुन् ।

    सो अवसरमा व्यवसायहीहरूले लगानी गर्न कानुनी सहजता र लगानीपछिको मुनाफा फिर्ता लैजाने प्रबन्धलगायतका विषयमा चासो राख्नुभएको थियो ।नेपालमा विदेशी मुद्राको सहजता र ‘रिजर्भ’बारे पनि उहाँहरुको जिज्ञासा थियो ।

    उद्योगी–व्यवसायीहरूको प्रतिनिधिमूलक टोलीले लगानीका लागि प्रचुर सम्भावना रहेकाले नेपालमा लगानी गर्न थाई व्यवसायी तथा लगानीकर्तासँग अनुरोध गर्नुभएको थियो । छलफलमा सहभागी प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहाकार डा युवराज खतिवडाले लगानीका विविध आयामका विषयमा छलफल भएको र लगानी मात्रै नभई भावनात्मक रुपमै सहकार्य गर्न नेपाल तयार रहेको सन्देश थाई उद्योगी–व्यापारीसहित लगानीकर्ताहरुलाई प्रधानमन्त्री ओलीले दिनुभएको बताउनुभयो ।

    निर्माणजन्य उद्योग, होटल व्यवसाय, खाद्य प्रशोधन, पर्यटनसँग सम्बन्धित लगानीकर्ताहरु छलफलमा सहभागी हुनुहुन्थ्यो । डा खतिवडाका अनुसार थाई व्यवसायीहरूले नेपालमा लगानी गर्न इच्छा र तत्परता देखाउनुभएको छ ।

    छलफलबारे जानकारी दिँदै डा खतिवडाले भन्नुभयो, “निर्माणजन्य उद्योग, होटल व्यवसाय, खाद्य प्रशोधन, पर्यटनसँग सम्बन्धित लगानीकर्ताहरु छलफलमा सहभागी हुनुहुन्थ्यो । उहाँहरुले नेपालमा लगानी गर्न आतुर रहेको बताउनुभयो । त्यसका लागि उपयुक्त साझेदारको खोजी गर्छौं भनी लगानी गर्न तत्परता देखाउनुभएको छ ।”

    डा.खतिवडाले भन्नुभयो, “लगानी गरिसकेपछि विदेशी मुद्रा फर्काउनेबारे नेपालमा रहेको कानुनी व्यवस्थाका बारेमा उहाँहरूमा चासो देखिन्थ्यो । कर्मचारी प्रशासनले दिने दुःख, झन्झटिलो व्यवस्थालाई हटाउन, भन्सारका दरहरु घटाएर व्यवस्थित गर्नसमेत लगानीकर्ताले जोड दिनुभएको छ ।”

    छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्नुपर्ने क्षेत्रहरुका बारेमा छलफल भएको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “नेपालमा लगानी गर्नुपर्ने जति पनि क्षेत्र छन्, तिनमा लगानी गर्न प्रधानमन्त्रीले आह्वान गर्नुभयो । धेरैजसो लगानीसम्बन्धी कानुन परम्परागत थिए, ती लगानीका लागि बाधक थिए, ती सबै कानुनलाई संशोधन गरेर सहज बनाइएको अवस्था छ, सरकारको प्रतिबद्धता ‘इन्सुरेन्स’ गर्ने भन्ने छ, त्यसले थाई व्यवसायीलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरेको छ ।”

    सो अवसरमा भारतसँग १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने जलविद्युत्सम्बन्धी सम्झौता भएअनुसार उत्पादन गर्नुपर्ने अवस्था र पर्यटन क्षेत्रमा प्रवद्र्धन गर्नका लागि पनि नेपालमा उच्च सम्भावना रहेकोलगायतका विषयमा छलफलमा भएको थियो ।

      बिहिबार, चैत २०, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      नेपाल दक्षिण अफ्रिकासँग पराजित
      कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु
      नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित
      राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
      ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष
      रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

      लोकप्रिय

      • १.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • २.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ३.
        सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार

      • ४.
        यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ

      • ५.
        भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

      • ६.
        कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

      भर्खरै

      • १.
        नेपाल दक्षिण अफ्रिकासँग पराजित

      • २.
        कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

      • ३.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

      • ४.
        राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

      • ५.
        ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

      • ६.
        रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

      • ७.
        चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

      • ८.
        चितवनमा १४ करोडको कृषि आधुनिकीकरण योजना, १० वटा कार्यक्रम सञ्चालन हुँदै

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.