• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, जेठ १८, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न

“विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न

वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम

उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण

मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम

गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसद्‌मा बोल्न दिन आग्रह

भिजिट भिसा प्रकरणबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

उपचारका लागि गोपाल माझीले पाए सहयोग

लोकप्रिय समाचार

  • १. आदिकवि भानुभक्त माविद्वारा विभिन्न संचार माध्यम तथा युट्युवमा आएका समाचारको खण्डन

  • २. माडीकाे शनि मन्दिरमा भाेलि अस्मिता डल्लाकाेटिकाे प्रस्तुति रहने

  • ३. “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न

  • ४. साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न

  • ५. गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसद्‌मा बोल्न दिन आग्रह

  • ६. उपचारका लागि गोपाल माझीले पाए सहयोग

  • ७. उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण

  • ८. वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम

  • ९. भिजिट भिसा प्रकरणबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

  • १०. गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

रवि थुन्न सरकारको हतारो, लेख्ने समय नपाएपछि न्यायाधीशले गरे सन्दीपको आदेश कपीपेस्ट


  •   आइतबार, चैत २३, २०८१ मा प्रकाशित
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउन न्याय निरुपण गर्ने र कार्यान्वयन गर्ने निकायलाई भन्दा धेरै सरकारलाई हतारो भएको प्रस्ट संकेत देखिएको छ ।

    Advertisement

    जसको परिणामस्वरुप रविलाई थुनिहाल्ने ‘माथिको आदेश’ पालना गर्ने क्रममा न्यायाधीश र प्रहरी अधिकारीहरुबाटै त्रुटि भएको आरोप लागेको छ ।
    उच्च अदालत बुटवलमा रवि लामिछानेको पुनरावेदनमाथि शुक्रबार सुनुवाइ सकिएपछि त्यसको आदेश छिटो जारी गर्न न्यायाधीशहरुलाई अत्याधिक दबाब भएको अदालतको लिखित आदेशबाटै देखिएको छ ।

    न्यायाधीशले लिखित आदेशमा क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेश कपिपेस्ट गरेका छन् । दुवै आदेश दिने न्यायाधीश एउटै अर्थात रमेश ढकाल हुन् । संयुक्त इजलासमा उनको साथमा अर्का न्यायाधीश भने फरक फरक थिए ।

    रवि लामिछानेको पुनरावेदनपछि आएको आदेशको पेज नम्बर ४ देखि ८ सम्मका विषय र सन्दीप लामिछानेको पुनरावेदनमा आएको आदेशको पेज नम्बर ५ देखि १५ सम्म लेखिएका विषयवस्तुहरु हुबहु मिल्छन् । अक्षर, शब्द, शब्दावली र वाक्य समेत हुबहु देखिनुले न्यायाधीशसँग नयाँ आदेश लेख्ने समय अभाव भएकोले पुरानै आदेश सम्पादन गरिएको दाबी निकै बलियो भएको छ ।

    अदालतको आदेशका विषयहरु हुबहु हुन सक्ने न्यायिक विषयका जानकारहरु बताउँछन् । तर पुराना आदेश वा फैसलाहरु र संविधान वा कानुनमा लेखिएका कुराहरु मात्रै हुबहु हुन सक्छन् । पुराना फैसला वा आदेश लाई नजीरको रुपमा उदृत गर्दा वा लिखित कानुन उद्धृत गर्दा अक्षरशः लेखिन्छन् । तर, न्यायाधीशले गरेको आफ्नै निजी न्यायिक तर्कसमेत हुबहु हुनु भने सामान्य मानिँदैन ।

    रवि लामिछानेको मुद्दाको सुनुवाइ सकिएपछि आदेश लेख्ने क्रममा न्यायाधीशले सहयोगीमार्फत पेनड्राइभ मगाएको स्रोतको दावी छ । यही पेनड्राइभमा क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने पुरानो आदेशको ‘सफ्ट कपी’ भएको र त्यसैलाई सम्पादन गरिएको दावी गरिएको छ ।

    रवि लामिछानेलाई आदेश आएकै दिन पक्राउ गरेर थुनामा राखिएकोप्रति केहीले असन्तुष्टि जनाएका छन् । केहीले प्रहरीले पक्राउ पुर्जीसमेत नलिइ प्रहरी पक्राउ गर्न गएको दावी गरेका छन् । तर, बरिष्ठ अधिवक्ता रामनारायण बिडारी भने तल्लो अदालतले पक्राउ पुर्जी जारी भइसकेको अवस्थामा फेरि पक्राउ पुर्जी जारी गर्नु आवश्यक नभएको बताउँछन् ।

    यद्यपि रविलाई पक्राउ गर्न गरिएको हतारो र सत्ता साझेदार दलका नेताहरु जोडिएको यस्तै प्रकृतिका मुद्दामा गरिएको ढिलासुस्तीले भने सरकारले राजनैतिक प्रतिशोध साँधेको आरोप लाग्ने गरेको छ ।

    सत्ता साझेदार कांग्रेसका उपसभापति धनराज गुरुङलाई साधारण सोधपुछपछि छाडिनु, सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलमाथि अनुसन्धान नगरिनुले सरकारको नियतमाथि प्रश्न उठेको छ ।

    रवि लामिछानेलगायत संलग्न भएको भनिएको सहकारी ठगीमा अनुसन्धान गर्न गठित सूर्य थापा नेतृत्वको संसदीय समितिले रवि सहकारीको रकम अपचलन गरिएको कम्पनीको संचालक भएका आधारमा कारवाही सिफारिस गरेको थियो । प्रतिवेदन बुझाएपछि धेरै अन्तरवार्ता दिएका संयोजक सूर्य थापाले त्यतिबेला भनेका थिए ‘संचालक भएपछि आफ्नो कम्पनीमा पैसा कहाँबाट आयो भन्ने थाहा हुनु पर्दैन ?’

    तर, सत्तासँग जोडिएका नेताहरुको हकमा भने यो प्रश्नको जवाफ खोजिएको छैन । धनराज गुरुङ, ऋषिकेश पोखरेल लगायत जोडिएका ठगीमा उनीहरुका श्रमितीले ठगी गरेको आरोप छ । श्रीमतीले ठगी गर्नुको अर्थ त्यो पैसा घरमा आउनु हो ।

    सूर्य थापाले भनेजस्तै कम्पनीमा पैसा कहाँबाट आयो भन्ने संचालकलाई थाहा हुनुपर्छ भने घरमा पैसा कहाँबाट आयो भन्ने घरको प्रमुख सदस्यलाई थाहा हुनु पर्दैन ? सरकारले यो प्रश्नको जवाफ दिन सकेको छैन ।

      आइतबार, चैत २३, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न
      “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न
      वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम
      उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण
      मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम
      गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

      लोकप्रिय

      • १.
        नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन

      • २.
        आदिकवि भानुभक्त माविद्वारा विभिन्न संचार माध्यम तथा

      • ३.
        एलिना चाैहानकाे स्वरमा माडीमा धार्मिक भजन सार्वजनिक

      • ४.
        सेवा विकासका लागि युवाद्वारा ककनी गाउँपालिकाका ५

      • ५.
        माडीका विद्यार्थी शुसाङ्क सुवेदीले पाए छात्रवृत्ति

      • ६.
        माडीकाे शनि मन्दिरमा भाेलि अस्मिता डल्लाकाेटिकाे प्रस्तुति

      भर्खरै

      • १.
        साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न

      • २.
        “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न

      • ३.
        वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम

      • ४.
        उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण

      • ५.
        मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम

      • ६.
        गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

      • ७.
        गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसद्‌मा बोल्न दिन आग्रह

      • ८.
        भिजिट भिसा प्रकरणबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.