• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बिहिबार, असार १९, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

वन जङ्गल र वातावरण संरक्षणका लागि वृक्षरोप अपरिहार्य : अध्यक्ष थापा

भरतपुरको पटिहानीमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिदै

अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित १४ जना पक्राउ

माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

चितवनले सुन्दैछ अग्रजका गजल

उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

लोकप्रिय समाचार

  • १. चितवनले सुन्दैछ अग्रजका गजल

  • २. उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

  • ३. माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

  • ४. माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

  • ५. अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित १४ जना पक्राउ

  • ६. बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

  • ७. वन जङ्गल र वातावरण संरक्षणका लागि वृक्षरोप अपरिहार्य : अध्यक्ष थापा

  • ८. कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

  • ९. भरतपुरको पटिहानीमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिदै

सकियो मेड इन नेपाल एक्स्पो : चितवन रिसर्च एन्ड इनोभेसनले पायो ५० हजार


  •   बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
  • नयाँ वर्ष २०८२ सालको अवसरमा नारायणगढको क्याम्पाचौरमा आयोजित ‘मेड इन नेपाल एक्स्पो एन्ड फुड फेस्टिबल’ मंगलबार सम्पन्न भएको छ ।

    Advertisement

    आयोजक नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरले एक्स्पो एन्ड फुड फेस्टिबल सफल भएको बताएको छ ।

    चैत २९ गतेदेखि वैशाख २ गतेसम्म भएको एक्स्पो एन्ड फुड फेस्टिबलमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म स्वदेशी वस्तु तथा सेवाको प्रदर्शनी र साँझ ६ बजेपछि कन्सर्ट भएको थियो । ३० हजार बढीले एक्स्पो एन्ड फुड फेस्टिबल अवलोकन गरेको आयोजकले बताएको छ ।

    मंगलबार एक कार्यक्रमबीच एक्स्पोको समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका अध्यक्ष उमेश श्रेष्ठले एक्स्पोलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

    संस्थाको उद्देश्यअनुसार एक्स्पो सफल भएको भन्दै उनले आगामी दिनलाई एक्स्पोलाई अझ व्यवस्थित बनाउँदै लगिने बताए । समापन कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष निर्देश सेढाईं, पूर्वअध्यक्षहरु निरञ्जन न्यौपाने, सूर्यभक्त अधिकारीलगायत सहभागी थिए ।

    एक्स्पोमा सहभागी १० वटा स्टार्टअप अर्थात् नवप्रवर्तन व्यवसायमध्ये सर्वोत्कृष्ट घोषित भएको चितवन रिसर्च एन्ड इनोभेसन सेन्टरले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका प्रथम उपाध्यक्ष निशान पौडेलले जानकारी दिए ।

    रत्ननगर–१ मा रहेको चितवन रिसर्च एन्ड इनोभेसन सेन्टरका सञ्चालक कोशिश कोइरालालाई मञ्चका अध्यक्ष श्रेष्ठ र संस्थापक अध्यक्ष सेढाईंले ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
    एक्स्पोमा करिब १०० वटा स्टल रहेकामा १० वटा स्टल स्टार्टअप व्यवसायका थिए ।

    एक्स्पोमा सहभागी १० वटा स्टार्टअपमध्येबाट उत्कृष्ट चारलाई फाइनल चरणको प्रतिस्पर्धामा प्रवेश गराइएको थियो । चार स्टार्टअपका सञ्चालकले निर्णायकहरुसमक्ष आइडिया प्रस्तुत गरेपछि एउटालाई विजेता घोषणा गरिएको हो । उत्कृष्ट चारमा बरमाला, चितवन रिसर्च एन्ड इनोभेसन सेन्टर, पुनः थ्रिफ्ट स्टोर र ग्रीनल्याण्ड पब्लिक स्कुलका विद्यार्थीले पत्रिकाबाट बनाएको पेन्सिल व्यवसाय परेका थिए ।

    पुरस्कार विजेता कोइरालाले पेट्रोल र डिजेलबाट चल्ने पुराना गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गरेका छन् । उनले स्कुटर, मारुती भ्यान र सफारीमा प्रयोग हुने जिपलाई परिवर्तन गरी विद्युतीय बनाएका हुन् । तर, यसरी स्पेसिफिकेसन परिवर्तन गरिएका गाडी दर्ता गर्न नेपालमा कानुन बनाइएको छैन ।

    चारवटा स्टार्टअपबाट पनि उत्कृष्ट एउटा स्टार्टअप छनोट गर्ने निर्णायकहरुमा मञ्चका द्वितीय उपाध्यक्ष एवम् मेरो किनमेलका सञ्चालक सन्तोष कँडेल, सिए सन्तोष रेग्मी र पेट्रोलियम डिलर्स एसोसियसन चितवनकी अध्यक्ष शर्मिला सेढाईं रहेका थिए ।

    कन्सर्टमा मंगलबार गायिका ज्योति मगरको प्रस्तुति रहेको थियो । त्यस्तै, ‘उदय एण्ड झक्कास’, ‘अध्याय’ र ‘द इरेज’ व्यान्डको प्रस्तुतिमा दर्शकहरु झुमेका थिए । स्वदेशी वस्तु तथा सेवाको प्रवर्द्धनसँगै मनोरञ्जनको लागि ‘मेड इन नेपाल एक्स्पो एन्ड फुड फेस्टिबल’ आयोजना गरिएको हो । फुड फेस्टिबलमा व्यवसायीले थकाली, थारु, तामाङ, नेवारी, तराई र अन्य परिकारहरुको पस्किएका थिए ।

    त्यस्तै, एक्स्पोमा कृषि, निर्माण सामग्री, प्रविधि, हस्तकला, परम्परागत कपडा, फुड एन्ड बेभरेज, ग्रीन इन्डस्ट्री, रियल स्टेट, टेक्नोलोजी तथा इनोभेसनलगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यवसायीहरु सहभागी भएका थिए ।

    उद्योगी व्यवसायीले भोग्नुपरेको समस्या र समाधानका उपाय खोज्न एक्स्पोमा बिजनेस कन्क्लेभअन्तर्गत विभिन्न विषयका विज्ञहरुलाई बोलाएर प्यानल छलफल पनि गरिएको थियो ।

      बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      वन जङ्गल र वातावरण संरक्षणका लागि वृक्षरोप अपरिहार्य : अध्यक्ष थापा
      भरतपुरको पटिहानीमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिदै
      अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित १४ जना पक्राउ
      माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान
      चितवनले सुन्दैछ अग्रजका गजल
      उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

      लोकप्रिय

      • १.
        देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५

      • २.
        पाेल्याण्डकाे वार्सामा भलिबल र चेस खेल सम्पन्न

      • ३.
        सेवा र विकासका लागि युवाद्वारा सन्धिखर्कमा शैक्षिक

      • ४.
        चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको

      • ५.
        ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक

      • ६.
        सेवा र विकासका लागि युवाद्वारा गुल्मीको  रीडीमा

      भर्खरै

      • १.
        वन जङ्गल र वातावरण संरक्षणका लागि वृक्षरोप अपरिहार्य : अध्यक्ष थापा

      • २.
        भरतपुरको पटिहानीमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिदै

      • ३.
        अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित १४ जना पक्राउ

      • ४.
        माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

      • ५.
        चितवनले सुन्दैछ अग्रजका गजल

      • ६.
        उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

      • ७.
        बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

      • ८.
        कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.