Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, कार्तिक ०१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

तिहार नजिकिएसंगै भरतपुरमा बढ्न थाले अव्यवस्थित फुटपाथ

भाइटीकाको शुभ साइत बिहान ११ बजेर ३९ मिनेटमा

सहकारी ठगी गरेर हिँड्नेलाई कुनै हालतमा छाड्न हुन्नः प्रधानमन्त्री कार्की

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की

असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकता कायम गर्न अध्यक्ष ओलीको आग्रह

चितवनमा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाको माग

जेनजी र हाम्रा माग एउटै हुन्,माओवादी अझै पनि मूलधारको पार्टी बन्छः प्रचण्ड

तिहारलाई अनुशासित एवं मौलिक रुपमा मनाउन चितवन प्रशासनको अपिल

चितवनमा उद्योगको पर्खाल भत्किदा तीन मजदुरको मृत्यु

लोकप्रिय समाचार

  • १. पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

  • २. भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को साइडमा फुटपाथ

  • ३. हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने छुट वडा अध्यक्षलाई छैन ।

  • ४. ‘सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ ’

  • ५. विश्व हिन्दु महासंघ चितवनको चर्को बिरोधपछि भरतपुर १२ ले निर्णय सच्यायो

  • ६. तिहारलाई अनुशासित एवं मौलिक रुपमा मनाउन चितवन प्रशासनको अपिल

  • ७. नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

  • ८. अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की

  • ९. दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल

  • १०. असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकता कायम गर्न अध्यक्ष ओलीको आग्रह

“ममता मानवता र महानताकी प्रतीक आमा र  माता तीर्थ औशी”


  •   आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित
  • मातृदेवो भव:

    Advertisement

    “आमा भगवान हुन् हाम्रो शास्त्रले भन्छ, आमा देवी हुन् हाम्रो संस्कारले भन्छ, आमा गुरु हुन् हाम्रो विज्ञानले भन्छ, आमा ममता हुन आमा साथी हुन आमा धर्ती हुन आमा जन्मदाता हुन हाम्रो आधुनिक दर्शनले भन्छ, त्यसैले त आमा आमा नै हुन जगतले भन्छ”

    सनातन संस्कृतिमा आमा जननी हुन् आमा सबै हुन आमाबिना न त सृष्टि चल्दछ न त प्रकृति त्यसैले आमा प्रकृति हुन्, सृष्टि हुन, सबै सबै हुन आज माता तीर्थ औंशी वैशाख कृष्णपक्ष औंशी यो  तिथिलाई माता तीर्थ औंशीको रूपमा वैदिक सनातन हिन्दु समाजले मान्दै आएको छ ।

    जगत जननी आमा (माता) वास्तवमा सबैभन्दा प्रिय छन । सबैभन्दा सम्मानित छन अनि सबैभन्दा पूजनीय छिन । अनादिकालदेखि संस्कृति परम्परा प्रकृति र रितको पूजा र श्रद्धा गर्दै मानव सभ्यताकै नेतृत्व गरेको हिन्दू समाज र हिन्दू सभ्यताले आमालाई सर्व स्वीकार्य देविका रुपमा चित्रण गरेको छ ।

    संकटमा पनि आमा सफलतामा पनि आमा आमा यत्रतत्र सर्वत्र हाम्रो भावनामा मनमा तनमा हरेक तन्तु तन्तुमा कोष र कोशिकामा आमाको अंश छ ।

    त्यसैले त आमा सर्वपरी सर्वव्यापी छन । ममतामा छन मानवतामा छन महानतामा छन । “त्यसैले त पुजिन्छिन आमा” । आमा सबचिज  हुन् आमा ममता हुन् आमा संस्कार हुन् आमा शालिनताकी प्रतिक हुन पलपल क्षण क्षण आमा पुजिन्छिन । माता तीर्थ औंशी आमाको सम्मानको विशेष दिन त्यसो त आमाको लागि विशेष दिनका रुपमा हाम्रो संस्कृति र समाजले स्वीकारेको छ ।

    वैदिक शास्त्रहरूमा आमालाई पिताभन्दा उच्च स्थान दिइएको छ । यसरी श्रद्धाभक्ति सम्मान र आधार गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिइ छोराछोरीहरुले आमाबाट आशिर्वाद लिने पर्वका रुपमा माता तीर्थ औंसीलाई मनाउने चलन हाम्रो समाजमा रहिआएको छ ।

    आमाप्रति विशेष श्रद्धा भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यो दिनलाई आमाको मुख हेर्ने दिन भन्ने गरिन्छ । यस विशेष दिनलाई माता तीर्थ औंशी मातृ औंशी एवं मातृत्व दिवस पनि भन्ने गरिन्छ जीवित आमाहरुलाई सेवा गर्ने र परमधाम भएका आमाहरुलाई श्रद्धागरी मनाइने भएकाले पनि माता तीर्थ औसीको महत्त्व र महिमा  विश्वभर फैलिदै गएको छ ।

    प्राचीन किम्वदन्तीअनुसार माता तीर्थ धाम यो दिनको लागि विशेष धामका रुपमा लिइएको छ। देवलोक पृथ्वीलोक पितृलोक तिनै लोकमा जोड्ने भावनात्मक सेतुका रुपमा माता तीर्थ औसीलाई लिन सकिन्छ माता तीर्थ औसीमा काठमाडौँको थानकोट नजिक रहेको माता तीर्थधाममा धुमधामका साथ मेला लाग्ने प्रचलन रहिआएको छ।

    किम्बदन्ती अनुसार एक दिन गाई चराउन गएको गोठालोले आफूसित लगेको रोटी जब पोखरीको किनारमा बसी खान खोज्दा जतिपल्ट रोटी निकालेर खान खोज्यो उतिपल्ट उसको सबै रोटी तलाउमा झरे। अनि ऊ आफै तलाउमा हाम फालेर हेर्छ त उसकी स्वर्गवासी आमा उसको रोटी जति सबै हातमा लिएर बसेको देखेर गोठालाले आफ्नो आमालाई घर जान कर गर्‍यो र घर लान जबरजस्ती गर्न थाल्यो ।

    आमा मानिनन गोठालोले पनि जिद्दी कस्यो आमालाई घर लगि छाड्छु भनेर अनि आमाले केही सिप नलागेपछि प्रत्येक वर्ष आजकै दिन आफू यही पोखरीमा आउने र दर्शन दिने बताएपछि गोठालो घर फर्कियो अनि गाउँभरिका मान्छेहरु प्रत्येक वर्ष उक्त तलाउमा जाँदै आफ्नी स्वर्गवासी आमाको दर्शन गर्न थालेको र  त्यही दिनलाई माता तिर्थ औसीको रुपमा मनाउन थालेको हाम्रो सामाजिक मान्यता छ ।

    कालन्तरमा एक वर्ष एउटी नारी धेरै समयसम्म पर्खँदा पनि आमाले दर्शन नदिएर उक्त तलाउमै हाम फालेर मरेको र त्यस वर्षबाट आमाको तस्बिर तलाउमा देखिन छाडेको किम्बदन्ती छ ।आज पनि आमा नभएकाहरु उक्त तलाउमा माता तीर्थ औसीको दिन नुहाउछन् जसलाई माता तिर्थ कुण्ड भनिन्छ ।

    माता तीर्थकुण्डसँग जोडिएको यो पर्व साँच्चिकै माताहरूको सम्मान र सेवाको लागि आधुनिक समाजलाई प्रेरणा दिने पर्वका रुपमा लिइन्छ पर्व आमा र मातृत्वप्रतिको कर्तव्य सम्मान र श्रद्धा बोध गराउने मात्र होइन आमा र सन्तानबीचको अलौकिक र प्राकृतिक सम्बन्धको पर्वका रुपमा पनि स्थापित भएको छ । आधुनिक समाजमा बढेको कुरुती  कुसंस्कारको अन्त्यका लागि पनि यी पर्वहरु महत्वपूर्ण छन् ।

    सनातन संस्कृति सभ्यता र ग्रन्थहरूमा आमालाई त्रिलोककै सबैभन्दा ठुली देवीका रूपमा चित्रण गरियकोको छ। आमा हाम्रो जननी मात्र होइनन  संस्कार संस्कृति गुरु वैद्य र देवी पनि हुन् त्यसैले हाम्रो पूर्वीय दर्शनले आमालाई उच्च सम्मान गर्नु आफ्नो प्रमुख धर्मको रुपमा लिएको छ ।

    आमा वास्तवमा धर्ती हुन जोसँग आफ्नो सन्तान र परिवारको पीडा दुःख सुख गुनासो आक्रोश आशा सबै कुरा ग्रहण गर्ने क्षमता हुन्छ । परिवारको न्यानोको लागि आमा आफै जल्न सक्छिन्।
    परिवारको खुसीको लागि आमाले आफैलाई पगाल्न सक्छिन त्यसैले त आमा घर र परिवारको प्रतिबिम्ब हुन ।

    आमाकै ममताको संसारमा सबै परिवार रमाइरहेको हुन्छ। आमा परिवारलाई एउटा सुत्रमा बाँधेर राख्न सक्ने शक्ति हुन ।आमा परिवारको दिशानिर्देशक हुन । आमाको उपस्थिति परिवारको सम्भावित विखण्डनबाट बचाउन सक्ने भूमिका बन्न सक्छ जहाँ आमा हुन्छिन् त्यहाँ आस्था विश्वास प्रेम र भरोसा हुन्छ।

    जहाँ आमा हुन्छिन् त्यहाँ परम्परा सम्बन्ध र ममता मिठासपूर्ण भइरहन्छ त्यसैले सफलतामा दुःखमा सुखमा सबैमा साथ नछोड्ने सम्बन्ध आमा हुन्।

    आमा न्यायमूर्ति पनि हुन् पारिवारिक विचलन सन्तानहरुको द्वन्द र रिसरागलाई निमिट्याम्म पारेर मधुरता मिठासता र एकता बनाउन सक्ने क्षमता आमामा मात्रै हुन्छ। हामी सनातनीहरूकै आस्था विश्वास आदर्श भरोशा संसारभरका ममतामयी माताहरूप्रति सेवा ढोग गर्दै माता तिर्थ औसीको सम्पूर्ण आमाहरुलाई शुभकामना ।।

    लेखक श्याम पौडेल जय सनातन अभियान नेपालका अध्यक्ष हुनु हुन्छ

      आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      तिहार नजिकिएसंगै भरतपुरमा बढ्न थाले अव्यवस्थित फुटपाथ
      भाइटीकाको शुभ साइत बिहान ११ बजेर ३९ मिनेटमा
      सहकारी ठगी गरेर हिँड्नेलाई कुनै हालतमा छाड्न हुन्नः प्रधानमन्त्री कार्की
      अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की
      असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकता कायम गर्न अध्यक्ष ओलीको आग्रह
      चितवनमा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाको माग

      लोकप्रिय

      • १.
        आज अष्टमी, शक्तिपीठमा बलिसहित पूजाअर्चना गरिँदै

      • २.
        बडा दशैंका अवसरमा अध्यक्ष पौडेलद्वारा शुभकामना व्यक्त

      • ३.
        बडा दशैंका अवसरमा अध्यक्ष घिमिरेद्वारा शुभकामना व्यक्त 

      • ४.
        चितवनमा पहिलोपटक खेलकुद तथा व्यापारिक महोत्सव हुने

      • ५.
        पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

      • ६.
        तलब निकासा नगर्ने पालिका र प्रधानाध्यापकलाई कारबाही

      भर्खरै

      • १.
        तिहार नजिकिएसंगै भरतपुरमा बढ्न थाले अव्यवस्थित फुटपाथ

      • २.
        भाइटीकाको शुभ साइत बिहान ११ बजेर ३९ मिनेटमा

      • ३.
        सहकारी ठगी गरेर हिँड्नेलाई कुनै हालतमा छाड्न हुन्नः प्रधानमन्त्री कार्की

      • ४.
        अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की

      • ५.
        असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकता कायम गर्न अध्यक्ष ओलीको आग्रह

      • ६.
        चितवनमा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाको माग

      • ७.
        जेनजी र हाम्रा माग एउटै हुन्,माओवादी अझै पनि मूलधारको पार्टी बन्छः प्रचण्ड

      • ८.
        तिहारलाई अनुशासित एवं मौलिक रुपमा मनाउन चितवन प्रशासनको अपिल

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.