पारदर्शी अनलाइन डट्कम स्थापना भएकाे आज (बैशाख १५ गते) दाेस्राे वर्ष पुरा भएकाे छ ।
वि.सं. २०७९ साल चैत्र १५ गते पहिलाेपटक माडी-२ मध्य सितलपुरकाे अलपत्र सहिद पार्ककाे विषयमा रिपोर्टिङ गरि सुरूवात भएकाे यस पारदर्शी अनलाइन प्रा.लि. २०८० बैशाख १५ गते कम्पनी रजिस्ट्रारकाे कार्यालयमा दर्ता भएकाे दिनलाई वार्षिकाेत्सवकाे रूपमा मनाउन थालिएकाे हाे । पारदर्शीले हालसम्म माडी र भरतपुरसंगै देशभरका खाेजमुलक एवं विभिन्न घटना तथा कार्यक्रमका समाचार तथा सूचना सम्प्रेषण गर्दै आएकाे छ ।
यसैबिच, पारदर्शी अनलाइन डटकमले अबदेखि माडीका खाेजमुलक समाचारलाई मात्रै प्राथमिकता दिने भएकाे छ । आज (बैशाख १५) देखि लागू हुनेगरि माडी नगरपालिकाकाे खाेजमुलक, पराेपकारी, सचेतनामुलक, पर्यटन प्रवर्द्धन र जनगुनासाे समेट्ने समाचारलाई मात्रै प्राथमिकता दिने उद्देश्य राखिएकाे पारदर्शी अनलाइन डट्कम् का कार्यकारी निर्देशक अजित अधिकारीले बताउनुभयाे । #PRD820115
त्यसबाहेकका अन्य समाचार तथा कार्यक्रमहरूकाे प्रकाशन तथा प्रसारणमा भने न्युनतम शुल्क लागू हुने जनाइएकाे छ ।
#PRD820115 Ajit Adhikari Prem Paudel Ujjwal Preeti Pokhrel