अविरल वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध बिपी राजमार्ग १४ घण्टापछि पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
Advertisement
बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा १४ घण्टादेखि राजमार्ग अवरुद्ध भएको थियो ।गएरातिदेखि अवरुद्ध राजमार्ग आज दिउँसोदेखि पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी विन्दु अधिकारीले अहिले सडक पूर्ण रुपमा सञ्चालनमा आएको बताइन् । उनले भनिन् ‘बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन सकिएको थिएन । तर अहिले सडक खुलाइएको छ ।’ सडक अवरुद्ध कयौं यात्रुहरु अलपत्र परेका थिए ।
गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो ।