नारायणी मिडिया हाउस प्रालिद्धारा सञ्चालित नारायणी अनलाइन डटकम आजदेखि १२औँ वर्षमा प्रवेश गरेको छ ।
चितवनका युवा पत्रकारहरूको पहलमा नारायणी अनलाइनको औपचारिक सुरुवात २०७१ वैशाख ३० गते भएको थियो ।
यस अवसरमा अनलाइनले स्रोता, पाठक, विज्ञापनदाता र शुभेच्छुकलाई आभार व्यक्त गरेको छ । ‘सबै खवर सधैँ खवर’ भन्ने मुल नाराका साथ स्थापना भएको अनलाइनले सत्य, तथ्य र विश्वसनिय समाचार प्रस्तुत गर्दै आइरहेको छ ।
पछिल्लो समय आफ्ना विभिन्न पोर्टल मार्फत भिडियो कन्टेन्टहरु प्राथमिकताका साथ प्रशारण गर्दै आइरहेको सम्पादक कृष्ण आचार्यले जानकारी दिनुभयो । अनलाइनले फेसबुक, युटुव, टिकटक लगायतका सामाजिक सञ्जालमार्फत पाठकलाई दृश्यात्मक सामग्रीहरु समेत प्रस्तुत आइरहेको छ ।
सम्पादक आचार्यले भन्नुभयो ‘हामी पत्रकारिताको विश्वव्यापी आधारभूत मान्यतालाई कहिल्यै डगमगाउन दिने छैनौं । वर्तमान समय सूचना र प्रविधिको युग हो । अनलाइन पोर्टललाई समय अनुसार परिमार्जन र परिस्कृत गर्दै लैजानेछौँ ।’
नारायणी अनलाइन आगामी दिनमा पनि सही सूचना प्रवाह गर्न कटिबद्ध भएर लाग्ने प्रधानसम्पादक राजु चौधरीले बताउनुभयो । ‘ हामी निरन्तर सही सूचना प्रवाह गर्छौं, ठिक, बेठिक, राम्रो र नराम्रो भनेर मूल्यांकन गर्ने जिम्मा सम्पूर्ण आमसमुदायको नै हो,’ उहाँले भन्नुभयो । नारायणी अनलाइनको १२ औँ वर्षको यात्रा पत्रकारितामा विश्वसनीयता र प्रतिबद्धताको प्रतीक बनेको छ ।
यसले चितवन नवलपुरलाई केन्द्र बनाएर यस वरपरका क्षेत्रहरूमा सूचना प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।