माडीको कला, संस्कृति, भाषा, साहित्य र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साेमेश्वरगढिमा ‘गढीमा गजल’ नामक विशेष साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
गजल मञ्च चितवन नेपाल र माडी नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित उक्त कार्यममा बागमती प्रदेशका शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुरप्रसाद ढकालको प्रमुख अतिथ्यता रहेको थियो भने माडी नगरपालिकाको नगर उपप्रमुख खेमप्रसाद महताे, माडी-५ का वडाध्यक्ष गणेश प्रसाद घताने माडी-२ का वडाध्यक्ष दण्डपाणि पौडेल लगायतको को विशिष्ट अतिथ्यता रहेको थियो ।
कार्यक्रममा माडीसँगै चितवनका साहित्यिक सर्जक, साहित्यानुरागि व्यक्तित्वहरूले विभिन्न परिवेश र विषयवस्तु समेट्नेगरि सहित्यिक रचना एवं गजल प्रस्तुत गर्नुभएको थियाे । #PRD820217