भरतपुर खानेपानी व्यवस्थापन बोर्डको मुख्य कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
Advertisement
भरतपुर महानगर प्रमुख रेनु दाहालले उक्त भवनको शिलान्यास गर्नुभएको थियो ।
२०८१ भदौ १६ गते सम्झौता मितिले १८ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएतापनि ९ महिनाभित्रै भवन तयार भएको हो ।
हालसम्म भरतपुरमा शुद्ध खानेपानीको पहुँच ९२ प्रतिशत पुगेको छ ।
बोर्डका निमित्त कार्यकारी निर्देशक सञ्जय बरालका अनुसार ३ तले भवन निर्माणका लागि रु २ करोड १८ लाख भन्दा बढीको लागतमा निर्माण भएको हो ।
भवन निर्माणको जिम्मा चारुमति कन्स्ट्रक्सन बानेश्वरले पाएको थियो । हालसम्म बोर्डका ४० हजार भन्दा बढी सेवाग्राही छन् ।