माडी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूले पद तथा गाेपनियताकाे सपथ ग्रहण गर्नुभएकाे छ ।
माडी प्रज्ञा प्रतिष्ठान ऐन, २०८१ बमोजिम प्रतिष्ठानका अध्यक्ष नारायण सापकाेटा, उपाध्यक्ष चन्द्रमणि महताे र सचिव प्रविण भण्डारीले माडी नगरप्रमुख समक्ष र प्राज्ञ परिषद्का सदस्यहरुले प्राज्ञ सभाका अध्यक्ष नारायण सापकाेटा समक्ष आज (विहीबार) माडी नगरपालिकाको सभाहलमा आज एक कार्यक्रमका बिच सपथ लिनुभएको हो ।
माडी प्रज्ञा प्रतिष्ठान ऐन, २०८१ बमोजिम प्राज्ञ सभा अध्यक्ष, उपाध्यक्ष, सचिव (कला र संस्कृति हेर्ने शाखाको कर्मचारी) र १३ जना परिषद सदस्य साथै नगर कार्यपालिकाको समिति संयोजक (पदेन सदस्य) सहित १७ सदस्यिय प्राज्ञ सभा गठन भएको हो । गठित समितिको अवधि ४ वर्षको हुनेछ ।
माडी नगरपालिका भित्र रहेका भाषा–साहित्य, ललितकला, लोक–परम्परा, संस्कृति लगायतको संरक्षण र संवर्धन गर्न माडी प्रज्ञा प्रतिष्ठानको स्थापना गरिएको हो । प्रतिष्ठानले नगरको अभिन्न अंगको रुपमा रहि नगरपालिका प्राज्ञ सभाबाट पारित नीति र बजेटको सीमा भित्र रही प्राज्ञ सभाबाट स्विकृत कार्यक्रम कार्यान्वयन गर्नेछ । #PRD820415
