जय सनातन अभियान नेपालका अध्यक्ष श्याम पौडेलले बडा दशैंका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले आज बिहान एक शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा बिदेशमा छरिएर रहनुभएका समस्त नेपाली बुवाआमा दाजुभाइ दिदिबहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको हो ।
तपाईं दशैं कसरी मनाउदै हुनुहुन्छ ? भन्ने हाम्रो प्रश्नमा उहाँले देस बिषम परिस्थितिमा छ । भर्खर ठूलो मानविय र भौतिक क्षती ब्यहोरेको देश पर्वहरुमा पनि खासै उत्साहित छैन ।
तरपनी फेरि समाजमा एकता शान्ती सद्भाव कायम गर्न दृढ संकल्पका साथ सामान्य तरिकाले परम्परा र संस्कृती अनुसार मनाउदै विश्व शान्तिको कामना गर्दै दशैं मनाउन सबैलाई अनुरोध गर्दछु । शक्तिस्वरुपा देवि भगवतीको उपासना दुर्गा भगवती चण्डि र विभिन्न नामबाट पुजिने काली महाकाली जस्ता देविहरुको पुजा बाट विश्वमा शान्ती छाउने हाम्रो पौराणिक मान्यता एवं शास्त्रीय मान्यता छ ।
नेपाल देवभुमी हो त्यसैले देवि देवता को उपसना पुजापाठ बिना शान्ती र समृद्दीको कल्पना सम्म गर्न सकिँदैन । सम्पुर्ण नकारात्मक शक्ति र सोचलाई पराजित गर्दै रावण र दानवहरुको बध गरि बिजय प्राप्त गरेको खुशियालीमा बिजया दशमी मनाउने प्रचलन रहिआयको छ । अहिलेको विषम परिस्थितिमा यसलाई अझै परिस्कृत र ब्यापक बनाउदै उल्लास र मिलनको पर्वको रुपमा मनाउन सके दशैको महत्व अझै बढ्नेछ ।
मेरो दशै एउटा धार्मिक अभियान्ता र सामाजिक कार्यकर्ता भयका नाताले र प्रकृति पुजक भयकोले पनि यो दुर्गामा विभिन्न शक्तिपिठहरुको दर्शन गरि रास्ट्रशान्ती र बिश्वशान्तीको कामना गरिरहेको छु । अस्टमीको देवि पुजनपछि परिवारकासाथ दशैं मनाउन पोखरा जाने र आफ्नो जन्मभुमी स्याङ्जामा रहेको पवित्र शक्तिपिठ सतौचण्डिको पुजा आराधनाको लागि महानवमीमा सपरिवार सतौचण्डि जाने कार्यक्रम तय भयको छ ।
शक्ति स्वरुपा सतौचण्डी को पुजा आराधाना गरि ५१ के.जि को घण्टा स्थापना तथा अनावरण गरे सङ्गै पोखरामा रहनुहुने दाजु र स्याङ्जामा रहने काकी र आफन्त सङ्ग टीका ग्रहण गरि यो बर्षको दशै मनाउने योजना छ । उहाँले भन्नुभयो ।
सामाजिक व्यक्तित्व एवं धार्मिक अभियन्ता समेत रहनुभएका पौडेलले चितवनको बिकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ । हिन्दु धर्मको जगेर्ना र मठमन्दिरको प्रवर्द्धनमा समेत जोड दिदै आउनुभएको छ । पौडेल सफल व्यवसायी समेत हुनुहुन्छ ।
