• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, कार्तिक २४, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

नेपाल दक्षिण अफ्रिकासँग पराजित

कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

चितवनमा १४ करोडको कृषि आधुनिकीकरण योजना, १० वटा कार्यक्रम सञ्चालन हुँदै

लोकप्रिय समाचार

  • १. नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

  • २. चितवनमा युवाको मतदाता दर्तातर्फ बढ्दो आकर्षण

  • ३. ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

  • ४. चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

  • ५. रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

  • ६. अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

  • ७. पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

  • ८. सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले

  • ९. राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

  • १०. त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता

अक्सफोर्ड कलेजमा दशैं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


  •   सोमबार, असोज १३, २०८२ मा प्रकाशित
  • अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्टको सभाहलमा शुक्रबार दिउँसो दशैं शुभकामना आदानप्रदान, नियुक्तिपत्र वितरण तथा बिदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

    Advertisement

    कलेज प्रशासन, प्राध्यापक तथा कर्मचारीहरूको सक्रिय उपस्थितिमा सम्पन्न कार्यक्रममा आपसी आत्मीयता र सहकार्यको स्पष्ट झल्को देखिएको थियो।

    प्राचार्य प्रा. डा. इन्जिनियर हरि भण्डारीको सभापतित्वमा, अध्यक्ष नारायण भण्डारी प्रमुख अतिथि र प्रा. डा. बसन्त अधिकारी विशिष्ट अतिथि रहनुभएको उक्त कार्यक्रममा विभागीय प्रमुख, संयोजक तथा वरिष्ठ कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

    कार्यक्रमको सञ्चालन उप–प्राचार्य कृष्णहरि पौडेलले गर्नुभएको थियो। समारोहको प्रारम्भमा वरिष्ठ सल्लाहकार स्व. रामप्रसाद चंचल, राष्ट्रका लागि बलिदानी दिनुभएका ज्ञात–अज्ञात सहिदहरू तथा हालसालै भएका दुःखद घटनामा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो, त्यसपछि राष्ट्रप्रति सम्मान स्वरूप राष्ट्रिय गान प्रस्तुत गरिएको र स्वागत मन्तव्य कलेजका बीई कार्यक्रम संयोजक भीम भण्डारीले प्रस्तुत गर्नुभएको थियो।

    कार्यक्रममा विभागीय प्रमुख तथा कर्मचारी प्रतिनिधिहरूले आ–आफ्ना दशैं शुभकामना मन्तव्य राख्दै यस पर्वलाई केवल चाड–पर्व मात्र नभई सत्य, धर्म र सदाचारको विजयका रूपमा आत्मसात् गर्नुपर्ने सन्देश दिनुभयो। मन्तव्य दिने महानुभावहरूमा +२ म्यानेजमेन्ट विभागीय प्रमुख हरि प्रसाद थपलिया, अक्सफोर्ड सेकेन्डरी स्कुल HOD (English) देवी प्रसाद खड्का, BCA विभागीय प्रमुख सुशान्त तिवारी, BHM विभागीय प्रमुख केष्मा पौडेल, इन्जिनियरिङ्गतर्फ ए.एन. भण्डारी, BBA/BCA तर्फ नवराज गौतम, +२ तर्फ लक्ष्मी बराल र कर्मचारी प्रतिनिधि तिलक मल्ल हुनुहुन्थ्यो ।

    यस अवसरमा प्राचार्य प्रा. डा. इन्जिनियर हरि भण्डारीले कलेजका नवनियुक्त प्राध्यापक तथा कर्मचारीहरूलाई नियुक्ति पत्र वितरण गर्नुभएको थियो । नियुक्ति पत्र प्राप्त गर्नेहरूमा BHM विभाग प्रमुख केष्मा पौडेल, ECA प्रमुख बिकाश श्रेष्ठ, HM ल्याब इन्चार्ज चन्द्रबहादुर न्यौपाने तथा केमिस्ट्री ल्याब असिस्टेन्ट हिरादेवी खतिवडा हुनुहुन्थ्यो ।

    कार्यक्रमको विशेष खण्डमा BBA विभागका सहायक विभागीय प्रमुख आकाश घिमिरेलाई उच्च अध्ययनका लागि अस्ट्रेलिया प्रस्थान गर्न लाग्नुभएको अवसरमा बिदाइ गरिएको थियो। प्राचार्य प्रा. डा. इन्जिनियर हरि भण्डारीले फूलमाला र खादा अर्पण गर्दै उहाँलाई सफल शैक्षिक यात्राको शुभकामना दिनुभयो, र घिमिरेज्यूका सहकर्मी तथा विभाग प्रमुखहरूले उहाँले कलेजमा पुर्‍याउनुभएको योगदान र समर्पणको उच्च मूल्याङ्कन गर्दै भावनात्मक मन्तव्य राख्नुभयो।

    समारोहमा उप–प्राचार्य कृष्णहरि पौडेलले धार्मिक नीति–कथा प्रस्तुत गर्दै दशैंलाई सत्य, धर्म, धैर्य र आत्मसंयमको प्रतीकका रूपमा व्याख्या गर्नुभयो। उहाँले आत्म–सुधार र समाजसेवाको महत्वमाथि प्रकाश पार्दै कार्यक्रमलाई अझ अर्थपूर्ण र सशक्त बनाउनुभयो।

    समापन मन्तव्यमा प्राचार्य प्रा. डा. इन्जिनियर हरि भण्डारीले सबैलाई दशैंको हार्दिक शुभकामना व्यक्त गर्दै शिक्षक, विद्यार्थी र कर्मचारीलाई सत्य, सदाचार र आत्मीयताको बाटोमा अघि बढ्न प्रेरित गर्दै भन्नुभयो ।

    “सत्यको सधैं विजय हुन्छ, त्यसैले हामी सबैले सत्यबाट कहिल्यै टाढा हुन हुँदैन; शिक्षकहरूको काम पढाउनु मात्र होइन, निरन्तर अध्ययनशील रहनु पनि हो, र विद्यार्थीलाई बुझाउन सक्ने क्षमता नै शिक्षकको वास्तविक सफलता हो।” कार्यक्रमले कलेजभित्र आपसी सद्भाव, सहकार्य र शैक्षिक प्रतिबद्धतालाई अझ बलियो बनाएको आयोजकहरूले जनाएका छन्।

      सोमबार, असोज १३, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान
      नेपाल दक्षिण अफ्रिकासँग पराजित
      कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु
      नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित
      राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
      ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

      लोकप्रिय

      • १.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • २.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ३.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन

      • ४.
        सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार

      • ५.
        यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ

      • ६.
        भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

      भर्खरै

      • १.
        अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

      • २.
        नेपाल दक्षिण अफ्रिकासँग पराजित

      • ३.
        कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

      • ४.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

      • ५.
        राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

      • ६.
        ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

      • ७.
        रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

      • ८.
        चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.