Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
सोमबार, कार्तिक ११, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

उपचारका लागि देउवा दम्पती सिंगापुर जाँदै

सरकार भ्रष्टाचार विरुद्ध गम्भीर छ भने मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्छः डा. लोहनी

छठ पर्वको मुख्य दिनः अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिइँदै

चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

प्रधानमन्त्री कार्की मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा, चार जना थपिने

जेनजी आन्दोलनको क्षति बीमाले नसमेटे सरकारले व्यहोर्छ : अर्थमन्त्री खनाल

आईसीसी क्रिकेट विश्व कप लिग-२ः आइतबार अमेरिकासँग भिड्दै नेपाल

लोकप्रिय समाचार

  • १. शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

  • २. सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल

  • ३. राष्ट्रिय एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

  • ४. बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

  • ५. भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

  • ६. सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा

  • ७. ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

  • ८. चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९ प्रतिशत

  • ९. तिहारको टीका लगाएर फर्किँदै गर्दा बसको ठक्करबाट वृद्धको मृत्यु

  • १०. चितवनमा तिहारको एक सातामा ६९ दुर्घटना

पर्यटनको केन्द्र बन्दै ‘गणेशपुर पार्क


  •   शुक्रबार, असोज १७, २०८२ मा प्रकाशित
  • दाङको तुलसीपुर–७ गणेशपुरस्थित राप्ती शान्ति उद्यान (गणेशपुर पार्क)मा पर्यटकको आकर्षण बढ्न थालेको छ ।

    Advertisement

    त्यहाँ राखिएको शान्तिका अग्रदुत गौतमबुद्धको मूर्ति हेर्न र वनजङ्गलसहितको सुन्दर वातावरणमा रमाउन धेरै जना यहाँ पुग्ने गरेका छन् ।

    उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले भन्नुभयो,“यो ठाउँ आफैँमा सुन्दर छ, सामुदायिक वन दृश्य हेर्न लायक छ” । त्यसैमा गौतमबुद्धको मूर्ति निर्माण गरेर शोभा बढाएपछि पर्यटकको आकर्षण पनि बढेको छ ।”

    त्यहाँ पानीको फोहोरा, कृतिम पहाडबाट बगिरहेको झरना, चिडियाखानामा राखिएका बाघ, बाँदर, उल्लु, खरायोका बच्चा, चित्तललगायत जनवारसँग पनि छन् । त्यसैले पनि पर्यटकलाई रमाउन सहज भएको छ । यहाँ रहेको पोखरीमा डुङ्गाको व्यवस्था छ । तीन वटा डुङ्गामा सयर गर्ने व्यवस्था गरिएको छ ।

    पोखरीमा माछा पालन गरिएको छ, जहाँ हाल पाँच हजार माछा रहेका अध्यक्ष भण्डारीले बताउनुभयो । त्यहाँ रहेको हात्ती, गैँडाको प्रतिमाले पनि उत्तिकै रौनक थपेको उहाँले बताउनुभयो । हाल रङ्गौली गार्डेन र पिङ निर्माणको कार्य भइरहेको छ । त्यो निर्माण भएमा अझै आकर्षण बढ्ने अध्यक्ष भण्डारीको विश्वास छ ।

    “हामीले यहाँ घोडा पनि व्यवस्था गरेका छौँ । भित्र विभिन्न प्रजातिका फूलहरू छन् । त्यसले पनि सौन्दर्य थपिरहेको छ । चिल्ड्रेन पार्कमा पनि मानिसहरू उत्तिकै झुमिएका देखिन्छन् । पिङ, स्वीमिङदेखि बच्चाहरूले खेल्ने हरेक सामग्री राखेका छौँ”, उहाँले भन्नुभयो ।

    भण्डारीका अनुसार यहाँ दैनिक चार सयदेखि पाँच सय जनाले अवलोकन गर्छन् । चाडपर्व र बिदाको समयमा भने दैनिक दुई÷तीन हजार बढीले अवलोकन गर्ने गरेको उहाँले सुनाउनुभयो । यसरी सरदर वार्षिक दुई लाखभन्दा बढी पर्यटकहरुले गणेशपुर पार्कको अवलोकन गर्ने गरेका भण्डारीले बताउनुभयो ।

    यहाँ बाँके, बर्दिया, सल्यान, रुकुम, रोल्पाबाट समेत अवलोकनका लागि आउने गरेका छन् । विद्यार्थीलाई ५० प्रतिशत छुट र अपाङ्ग, असहाय, ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको छ । त्योबाहेक अन्यले रु ३० को टिकेट काट्नुपर्छ ।

    त्यो स्थान कुनै समय अतिक्रमणमा परेको थियो । राष्ट्रिय वन क्षेत्र हुँदा मानिसले त्यसलाई अतिक्रमण गरेर घर बनाउन खोजिरहेको थिए, तर स्थानीयले अतिक्रमणलाई रोके र रुख रोपे । रुख हुर्किएपछि जग्गा संरक्षण भयो । पछि त्यो वनलाई श्री गणेश सामुदायिक वन बनाइएको हो ।

    विसं २०५९ मा स्थानीय हरि रिजालको नेतृत्वमा यसको काम अगाडि बढेको थियो । पछि इञ्जिनियर वासुदेव रिजालले त्यसलाई रेखाङ्कन गरेपछि त्यहाँ पार्क निर्माणको काम भएको जनाइएको छ ।

    “शान्तिको कामनासहित पर्यटकीयस्थल बनाउने परिकल्पनासहित काम अघि बढेको थियो । त्यतिबेला मुलुक जनयुद्ध उत्कर्षमा थियो, जनयुद्धको स्थल पनि साविक राप्ती थियो”, अध्यक्ष भण्डारीले भन्नुभयो, “त्यसैले साविक राप्तीबाटै शान्तिको कामना गर्ने र पर्यटक पनि वृद्धि गर्ने उद्देश्यले त्यो पार्क निर्माण गरेका हौँ ।”

      शुक्रबार, असोज १७, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान
      उपचारका लागि देउवा दम्पती सिंगापुर जाँदै
      सरकार भ्रष्टाचार विरुद्ध गम्भीर छ भने मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्छः डा. लोहनी
      छठ पर्वको मुख्य दिनः अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिइँदै
      चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा
      बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

      लोकप्रिय

      • १.
        पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

      • २.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • ३.
        भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को

      • ४.
        हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने

      • ५.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ६.
        स्वच्छ प्रतिस्पर्धामार्फत राजनीतिक निकास खोज्न आयोगको आग्रह

      भर्खरै

      • १.
        भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

      • २.
        उपचारका लागि देउवा दम्पती सिंगापुर जाँदै

      • ३.
        सरकार भ्रष्टाचार विरुद्ध गम्भीर छ भने मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्छः डा. लोहनी

      • ४.
        छठ पर्वको मुख्य दिनः अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिइँदै

      • ५.
        चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा

      • ६.
        बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

      • ७.
        प्रधानमन्त्री कार्की मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा, चार जना थपिने

      • ८.
        जेनजी आन्दोलनको क्षति बीमाले नसमेटे सरकारले व्यहोर्छ : अर्थमन्त्री खनाल

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.