इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २५ पुगेको छ।
Advertisement
जिल्लाको ६ वटा पालिकामा गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २५ पुगेको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको हो।
प्रहरीका अनुसार सूर्योदय नगरपालिका १ मा ५, इलाम नगरपालिका ६ मा ६ जना, देउमाइ नगरपालिकामा २, खापखुकपुङ गाउँपालिकामा १, मान्सेबुङ गाउँपालिकामा ३ र माइजोकमाइ नगरपालिकामा ८ जनाको मृत्यु भएको छ।
