भरतपुर १२ ले तिहारमा देउसीभैलो खेल्न मनाई गरेको भन्दै विश्व हिन्दु महासंघ चितवनले बिरोध जनाएको छ ।
संघका अध्यक्ष प्रेम प्रसाद गैरेको नेतृत्वमा वडाले हाम्रो हिन्दु धर्मका मौलिक परम्परा र संस्कृतिमा बन्देज लगाउन खोजेको भन्दै तत्काल सो निर्णय सच्याउन प्रेस बिज्ञप्ती मार्फत आह्वान गरिएको हो ।
फलस्वरूप निर्णय नसच्याय प्रतिकारमा उत्रने विश्व हिन्दु महासंघले जनाएको छ । भरतपुर १२ नं. वडाका वडाध्यक्ष लेखराज पन्तले हालै भएको जेनजी आन्दोलनमा ७८ जना निर्दोष युवाले ज्यान गुमाएको र अन्य युवा घाइते भएको भन्दै यो बिषम परिस्थितिमा तिहारका बेला घरमा बालिने झिलिमिलि बत्ति र देउसीभैलो खेल्न रोक लगाएका थिए ।
उता, वैदिक सनातन हिन्दू धर्मविरोधी गतिविधि बन्द गर संस्कृतिमाथिको निषेध स्वीकार्य छैन भन्दै विभिन्न हिन्दु धर्मका संघसंस्थाले सो निर्णयको घोर भत्सर्ना गरेका छन् ।