भरतपुर १२ नं. वडा कार्यालयले यस अघि तिहारमा झिलिमिली, दिप नबाल्न र देउसीभैसी नखेल्न भनी गरिएको निर्णयको विश्व हिन्दु महासंघ चितवनले व्यापक बिरोध जनाएपछि सच्याएको छ ।
Advertisement
देश शोकमा भएको र धेरै जेनजीहरुले ज्यान गुमाएको भन्दै वडाले झिलिमिली, दिप प्रज्जवलन र देउसीभैलोमा रोक लगाएको थियो ।
विश्व हिन्दु महासंघ चितवनका अध्यक्ष प्रेम प्रसाद गैरेद्वारा हिजो जारी गरिएको बिज्ञप्तिमा सो निर्णय तत्काल नसच्याइए आफूहरु प्रतिकारमा उत्रने र आज निर्णय सच्याउन महासंघ वडामा जाने भनिएको थियो । तर वडाले सो निर्णय सच्याएपछि विश्व हिन्दु महासंघले आजको कार्यक्रम स्थगित गरेको हो ।