आसन्न निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सरकारले सुरक्षा तयारीलाई तीव्र पारेको छ।
Advertisement
यही क्रममा आज (आइतबार) गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बस्दैछ। बैठकमा गृह र रक्षा सचिवसहित चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुनेछन्।
बैठकमा केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले तयार पारेको सुरक्षा योजनाको प्रगतिबारे समीक्षा गरी आवश्यक पृष्ठपोषण र नीतिगत निर्देशन दिने तयारी गरिएको छ।
यसअघि शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतलनिवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मन्त्रीहरूको उपस्थितिमा चारवटै सुरक्षा निकायका उपप्रमुखहरूसँग गहन छलफल भएको थियो।