लैङ्गिक हिंसाबाट पीडितका लागि भद्रपुरमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र यहाँ प्रभावकारी बन्दै गएको छ ।
Advertisement
सबैखालका हिंसा पीडित महिला तथा वालवालिकालाई एउटै स्थानबाट उद्धार, उपचार, सुरक्षा, न्याय, पुनर्वास, परामर्श लगायतका सेवा प्रदान निःशुल्क गर्नका लागि केन्द्रको स्थापना भएको हो । प्रादेशिक अस्पताल भद्रपुरमा यो सेवा उपलब्ध छ ।
अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्रबाट आर्थिक वर्ष २०८१/०८२ मा १४७ जना हिंसापीडितले सेवा प्राप्त गरेको केन्द्रकी फोकल पर्सन निलुशा शाक्यले बताउनुभयो ।
सेवा पाएकामध्ये १०४ जना जबरजस्ती करणीसम्बन्धी हिंसाका पीडित महिला रहेका छन् । घटनाका पीडकहरु १९ देखि ४९ वर्ष उमेर समूहको रहेको समेत उहाँले जानकारी दिनुभयो ।

