नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दल र समूहबीचको एकता राष्ट्रिय सम्मेलन जारी छ ।
Advertisement
भृकुटीमण्डपमा जारी नेपाली कम्युनिस्ट पार्टी एकता राष्ट्रिय सम्मेलनमा माओवादीसँग समाहित दल तथा समूहका नेताहरूले आ-आफ्नो धारणा राखिरहेका छन् ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीच एकता हुन लागेको हो । गोपाल किराँती भने माओवादीसँगै मिसिएर एकतामा सहभागी भएका छन् ।
सभाले पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी घोषणा गर्ने छ। चुनाव चिह्न तारा प्रस्ताव गरिएको छ ।
