• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, मङि्सर २९, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

सिद्धि चेपाङ छात्रावासलाई नारायणगढ लायन्सको न्यानो कपडा

निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछः अध्यक्ष साम्पाङ

धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

उपाधि जितका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य

एनपीएल–२ फाइनल: लुम्बिनीविरुद्ध ब्याटिङमा सुदूरपश्चिम

म सरकारमा हुँदा गर्नुपर्ने जति काम गरिनँः वामदेव

पाल्पामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

ओलीले भने– ढुक्कले भन्छु, एमाले अजम्बरी छ

लोकप्रिय समाचार

  • १. ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस : भदौ २३–२४ का दोषीलाई कारबाही गर्न शान्ति समाजको माग

  • २. एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

  • ३. पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन

  • ४. थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

  • ५. प्रतिनिधि छनौट संकटदेखि पुनर्जागरणको सम्भावनासम्म : एमाले र नेपाली वाम आन्दोलनको भविष्यको बाटो

  • ६. एनपीएल–२ फाइनल: लुम्बिनीविरुद्ध ब्याटिङमा सुदूरपश्चिम

  • ७. दाङमा बस दुर्घटना, २२ यात्री घाइते

  • ८. दोस्रो क्वालिफायरमा आज लुम्बिनी र विराटनगर भिड्दै

  • ९. भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति

  • १०. म सरकारमा हुँदा गर्नुपर्ने जति काम गरिनँः वामदेव

नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार


  •   सोमबार, मङि्सर ०२, २०८२ मा प्रकाशित
  • नेपाल भौगोलिक रूपमा दुई महाशक्ति रास्ट्रहरु भारत र चीन बीचको संवेदनशील स्थानमा अवस्थित मुलुक हो । यही भौगोलिक अवस्थाले नेपाललाई रणनीतिक दृष्टिले महत्वपूर्ण बनाए पनि, यसले नेपाललाई भू–राजनीतिक (Geo-Political) प्रतिस्पर्धाको शिकार बनाएको छ ।

    Advertisement

    नेपालको विदेश नीतिको आधार ‘पञ्चशीलका सिद्धान्त’ र ‘असंलग्नता” भए पनि व्यवहारमा ठूला देशहरूको शक्ति–प्रतिस्पर्धाले नेपालको स्वतन्त्र निर्णय क्षमतामा दबाब सिर्जना गरेको देखिन्छ। चीन र भारत दुवैले नेपाललाई आफ्नो प्रभाव क्षेत्रमा राख्न चाहन्छन्, जसका कारण नेपाल प्रायः द्विविधामा पर्छ। चीनको “Belt and Road Initiative (BRI)” र अमेरिकाको “Millennium Challenge Corporation (MCC)” परियोजनाहरू नेपालका लागि विकासका अवसर भए तापनि, ती योजनाहरूले राजनीतिक विवाद र अन्तर्राष्ट्रिय ध्रुवीकरण निम्त्याएका छन्।

     

    भारतसँगका नाकाबन्दी, सिमा विवाद र जलस्रोत–नीति सम्बन्धी असन्तुलनहरूले नेपालमा विदेशी दबाबको स्पष्ट उदाहरण दिएका छन्। अर्कोतर्फ, चीनले आफ्नो “One China Policy” को समर्थनको सर्तमा नेपालमा कूटनीतिक प्रभाव विस्तार गरेको छ। यी घटनाहरूले नेपालको स्वाधीन नीति र राष्ट्रिय हितबीचको सन्तुलन गाह्रो बनाइदिएको छ।

     

    नेपालका नेताहरूले राष्ट्रिय एकता र दीर्घकालीन विदेश नीति कायम गर्न नसक्दा, विदेशी शक्तिहरूको प्रभाव अझ बढ्दै गएको छ। परिणामस्वरूप, नेपाल कहिलेकाहीँ “सन्तुलन” होइन “सम्झौता”को बाटोमा जान बाध्य हुन्छ । नेपाली राजनितिक नेताहरु यो सन्तुलन र सम्झौताको बाटोमा को कति क्षमतामा भन्ने त सबै नेपाली जनतालाइ प्रस्ट नै छ । त्यस भन्दा माथी अझ सन्तुलन र सम्झौता भन्दा माथी उठेर नेपालको सार्बभौमताको शिर ठाडो बनाउन खोज्नेको हालत के बनाइन्छ भन्ने पनि तमाम नेपाली जनताले देखि भोगी सकेका नै छन । नेपालको इतिहास फर्केर हेर्ने हो भने नेपाल विभिन्न कालखन्डमा भु-राजनितिक प्रभाबको चपेटामा फसेको देखिन्छ ।

    राणा शासन कालमा नेपाल ब्रिटिस प्रभाबमा परेकै कारण नेपालको स्वतन्त्र परराष्ट्र नीति हरायो र बिदेशी सम्बन्ध रोकिए । त्रिभुवन -महेन्द्र काल १९५० को नेपाल भारत असमान सन्धी । राजा बिरेन्द्रको पालामा  “Zone of Peace” प्रस्ताव भारतले अस्वीकार , चीनसँग हतियार खरिद, परिणाम भारतद्वारा 1989 मा  नाकाबन्दी संगै नेपालले आर्थिक संकट ब्यहोर्न बाध्य । नेपाल स्वतन्त्र नीतिका लागि दण्डित । गणतान्त्रिक काललाई हेर्ने हो भने  नेपालको संविधान २०७२ जारी हर्ने कुरामा भारत र अमेरिकाको चासो मात्र नभै ठाडो हस्तक्षेप । भारतद्वारा नाकाबन्दी र यसको सामना । BRI (चीन) र MCC (अमेरिका) विवाद ।  लिपुलेक–कालापानी विवाद- राजनीतिक हस्तक्षेप र दबाब । भू–स्वाधीनतामाथि प्रश्न । हालको अवस्था मै पनि भारत–चीन–अमेरिका त्रिकोण- इन्डो–प्यासिफिक रणनीति र BRI बीचको संघर्ष ।

    प्रधानमन्त्री ओलिको चीन भ्रमण र त्यसले उब्जाएको भारत अमेरिका त्रास संगै नेपालको आन्तरिक राजनीतिमा प्रभाव र ओलि माथिको आक्रमण । (यहि भु-राजनितिक प्रभाब र यस्का परिणाम के हुन सक्छन भन्ने कमजोर आंकलन) ।। नेपाल “सन्तुलन नीति”मा झन् कठिन अवस्थामा ; भू–राजनीतिक दबाब निरन्तर जारी ।  हामी नेपाली यो भु-राजनितिक जटिलता र यस्ले उब्जाएका जटिलता विश्लेषण नगरी क्षणिक आबेगमा कसैलाइ ओलिलाइ सराप्दैमा फुर्सद छैन, कोहिलाइ प्रचन्डलाई सराप्दैमा फुर्सद छैन भने कोहिलाइ देउवा र रबि बालेन आदि लाई सराप्दैमा फुर्सद नै छैन । यहि प्रायोजित अस्थिरता र घर झगडाको भरपुर फाइदा उठाउदै शक्तिकेन्द्रहरु हामी नेपालीको छातिमा पालै पालो बुट बजार्दै छ अनि आज सराप्ने र सराप खाने सबैको पालो आउने छ भन्ने हेक्का कहिले गर्ने ? यी शक्ति केन्द्रहरु नेपाललाइ आफ्नो स्वाधीनता – सार्बभौमिकताको कुरा कहिलै गर्न नसक्ने गरि चुप गराउन चाहान्छन । चाहे त्यो दल बिहिनताको धुप बालेर हुन्छ या दलहरुलाइ सराप्ने विष घुलाएर हुन्छ । जसलाइ प्रयोग गरेर होस या जसरी होस दलहरु लाई कमजोर नबनाइ यस्ता शक्तिकेन्द्रहरुको अबिस्ट पूरा हुनै सक्दैन ।।

    यसरी हेर्दा, नेपालको भू–राजनीतिक स्थिति वरदान र अभिशाप दुबै बनेको छ। यदि नेपालले आफ्नो कूटनीतिक दृढता, राष्ट्रिय स्वाभिमान र स्पष्ट विदेश नीति कायम गर्न सक्यो भने, यही भू–अवस्था भविष्यमा अवसरको स्रोत बन्न सक्छ; अन्यथा, नेपाल सधैं भू–राजनीतिक खेलको पीडित रहिरहनेछ।

    – नारायण पाैडेल (प्राध्यापक, माडी क्याम्पस)

      सोमबार, मङि्सर ०२, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      सिद्धि चेपाङ छात्रावासलाई नारायणगढ लायन्सको न्यानो कपडा
      निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछः अध्यक्ष साम्पाङ
      धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट
      चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
      उपाधि जितका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य
      एनपीएल–२ फाइनल: लुम्बिनीविरुद्ध ब्याटिङमा सुदूरपश्चिम

      लोकप्रिय

      • १.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • २.
        माडी सम्भावना चुनौती र संबाहक हो

      • ३.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ४.
        ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस :

      • ५.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      • ६.
        दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान

      भर्खरै

      • १.
        सिद्धि चेपाङ छात्रावासलाई नारायणगढ लायन्सको न्यानो कपडा

      • २.
        निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछः अध्यक्ष साम्पाङ

      • ३.
        धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

      • ४.
        चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

      • ५.
        उपाधि जितका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य

      • ६.
        एनपीएल–२ फाइनल: लुम्बिनीविरुद्ध ब्याटिङमा सुदूरपश्चिम

      • ७.
        म सरकारमा हुँदा गर्नुपर्ने जति काम गरिनँः वामदेव

      • ८.
        पाल्पामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.