माडी-६ रामराज्यपुरका दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे घरमा टिनकाे छानाे सम्पन्न भए पश्चात् पनि थप सहयाेगिदाता जुटेपछि शाैचालय, खानेपानी र प्लास्टरकाे काम समेत सकिएकाे छ ।
मिस्टर नेपाल वर्ल्ड-२०२५ काे विजेता हिमाञ्चल के.सि. ले बस्नेतकाे घरमा शाैचालय निर्माण गरिदिनुभएकाे छ । उहाँले घरकाे अगाडीपट्टि छानाे छाउन जस्ता, प्लास्टरकाे लागि २० बाेरा सिमेन्ट र आवश्यक फलामे डन्डि सहयाेग गर्नुभएकाे हाे । हिमाञ्चल राज के.सि. ललितपुर महानगरपालिका-७, महालक्ष्मिका व्यवसायि एवं सामाजसेवि राजकुमार केसिका सुपुत्र समेत हुनुहुन्छ ।
यसबाहेक, खानेपानीकाे प्रबन्ध मिलाउन तनहुँका सामाजिक अगुवा एवं सामुदायिक रेडियाे माडीका संस्थापक सदस्य जीवन कायस्थबाट नगद रू. १० हजार, दाेहा कतारबाट पाेखरा निवासि विजय गुरूङ्गले ३ हजार २०० र माडी-३ बसन्तपुरका युवा रवि भुर्तेलकाे ३ हजार सहयाेगबाट बस्नेतकाे घरमा धाराे गाड्ने काम सम्पन्न भएकाे हाे ।
अन्तिम समयमा, प्लास्टरकाे लागि मिस्री खर्चस्वरूप माडीका राजनैतिक विश्लेषक चिरञ्जीवी काफ्लेकाे पहलमा मालपाेत कार्यालय माडीका प्रमुख, सामाजिक अगुवा क्षेत्र प्रसाद देवकाेटा, माडी-५ का वडा सदस्य इन्द्र चापागाईं, खबरदारी अभियान माडीका संयाेजक देवराज बराल र बसन्तपुर आइटि साेलुसनकाे तर्फबाट १/१ हजार सहयाेग प्रदान भएकाे थियाे । (याे संगै खुम बहादुर बस्नेतकाे लागि सहयाेग अभियान सम्पन्न भएकाे छ ।) #PRD8208141
