तनहुँको बन्दीपुर गाउँपालिका शिक्षा शाखा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न हस्तलेखन तथा निबन्ध लेखन प्रतियोगितामा सेती गङ्गा आधारभूत विद्यालयकी छात्रा सोफिया गुरुङ प्रथम भएकी छन् ।
विद्यार्थीको सिर्जनात्मक क्षमता, लेखन शैली र बौद्धिक विकास अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेकी हुन् ।
प्रतियोगिताको नतिजाअनुसार पवित्र माध्यमिक विद्यालयकी दृष्टि थापा द्वितीय, कालिका माध्यमिक विद्यालयका समीर थापा मगर तृतीय र जगदीश्वर आधारभूत विद्यालयकी खुशी भुजेल सान्त्वना भएका छन् ।
प्रथम स्थान हासिल गरेकी छात्रा गुरुङलाई विद्यालय परिवारले बधाई दिँदै आगामी शैक्षिक यात्राको सफलताको शुभकामना व्यक्त गरेको छ ।
शिक्षा शाखाले आयोजना गर्ने यस्ता कार्यक्रमले विद्यार्थीभित्र लुकेको प्रतिभा उजागर गर्नुका साथै सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ ।
#PRD0830301
