राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका लागि पूर्वी चितवनको रत्ननगरमा अस्थायी सभाहल (डोम) निर्माण सुरु भएको छ ।
Advertisement
असार ७ देखि ९ गतेसम्म हुने महाधिवेशनका लागि टाँडीस्थित होटल स्टारको सभाकक्षसँगै रहेको खाली जमिनमा बाँसको संरचना तयार पारिँदैछ । करिब ३२ हजार ४८० स्क्वायर फिट क्षेत्रफलमा बन्ने डोममा ७ देखि ८ हजारसम्म कुर्सी अट्ने व्यवस्था गरिने छ ।
डोमभित्र ७० वटा ठूला पङ्खा र २० वटा कुलर राखिने तथा सहभागीका लागि सौराहा, रत्ननगर र भरतपुरका होटलमा आवासको व्यवस्था मिलाइने रास्वपाले जनाएको छ ।
महाधिवेशन तयारीका लागि गठित १८ वटा उपसमितिले काम अघि बढाइरहेका छन् भने असार २ गतेदेखि महाधिवेशन सचिवालय सञ्चालनमा आउने बताइएको छ ।
