सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत भरतपुर–१ ठिमुरास्थित श्री राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
बैंकले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई स्कुल ब्यागसहित आवश्यक कापी, कलम लगायतका शैक्षिक सामग्री उपलब्ध गराएको हो । विशेषगरी चेपाङ समुदायका करिब ५ दर्जन विद्यार्थी लाभान्वित भएका छन् ।
बैंकका नारायणगढ शाखाका डिपोजिट रिलेसनसिप अफिसर एवम् ग्राहक सम्पर्क अधिकृत प्रदीप चौलागाईंको संयोजनमा सम्पन्न कार्यक्रममा शाखा प्रबन्धक प्रकाश घिमिरेले बैंकले विपन्न परिवारका विद्यार्थीहरुको शिक्षामा सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
कार्यक्रममा बैंककी क्रेडिट इन्चार्ज एवम् ग्राहक सम्पर्क अधिकृत भवानी तिमल्सेनाले विपन्न समुदायका विद्यार्थीहरुसँग जोडिन पाउँदा खुशी लागेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक ज्योतिनारायण ढकालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा बैंकका प्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
