सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमै प्रश्न उठ्ने बताउनुभएको छ ।
Advertisement
पत्रकारहरूसँगको भेटमा मन्त्री तिमिल्सिनाले सञ्चारकर्मीले आफ्नो भूमिका र जिम्मेवारीबारे आत्ममूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । उहाँले सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र सम्मानित बनाउन सरकार सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
मन्त्री तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन नयाँ विज्ञापन नीति ल्याउने तयारी भइरहेको जानकारी दिँदै लोककल्याणकारी विज्ञापन वास्तविक श्रमजीवी पत्रकारसम्म पुर्याउने सरकारको लक्ष्य रहेको बताउनुभयो ।
