तनहुँका दशवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ७ अर्ब ७८ करोड २६ लाख २० हजार रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेका छन्।
Advertisement
जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेका हुन्। चार नगरपालिकाले मात्रै ४ अर्ब ११ करोड ९३ लाख ४५ हजार रुपैयाँ र छ गाउँपालिकाले ३ अर्ब ६६ करोड ३२ लाख ७५ हजार रुपैयाँ बराबरको बजेट ल्याएका छन्।
सदरमुकामस्थित व्यास नगरपालिका ले सबैभन्दा ठूलो १ अर्ब ५० करोड २० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। यस्तै शुक्लागण्डकी नगरपालिका ले १ अर्ब १३ करोड ५४ लाख, भानु नगरपालिका ले ८४ करोड ६६ लाख र भीमाद नगरपालिका ले ६३ करोड ५३ लाख रुपैयाँको बजेट ल्याएका छन्।
स्थानीय तहहरूले बजेटमा पूर्वाधार, सामाजिक विकास, कृषि, आर्थिक विकास, सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राखेका छन्।
