चितवनको भरतपुरस्थित आरम्भ कलेजले विद्यार्थीको प्रतिभा र क्षमता उजागर गर्ने उद्देश्यले आयोजना गरेको इ–स्पोर्टस् ‘फ्री फायर’ प्रतियोगितामा ‘सेफ समूह’ले उपाधि जितेको छ।
Advertisement
कलेज परिसरमा सोमबार सम्पन्न प्रतियोगितामा सहभागी ७ समूहलाई पछि पार्दै बीएचएमका विद्यार्थी पुजन गुरुङ, मुकेश गुरुङ, लखन चौधरी र अनिश चौधरी सम्मिलित ‘सेफ समूह’ विजेता बनेको हो।
विजेता समूहले नगद ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। आइटी तथा होटल व्यवस्थापन विषय अध्यापन गराउँदै आएको आरम्भ कलेजले विद्यार्थीको सिर्जनात्मकता, मनोरञ्जन र नयाँ पुस्ताको रुचिलाई समेट्दै यस्ता प्रतियोगिता आयोजना गर्दै आएको कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले जानकारी दिनुभयो।
#PRD0830316
