श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीले भ्रष्टाचारविरुद्ध सरकारले सञ्चालन गरेको अभियानलाई आफ्नो पार्टीको समर्थन रहेको बताएका छन्। तर, कानुनी प्रक्रिया मिचेर प्रतिशोधको भावनाबाट गरिने कारबाही भने स्वीकार्य नहुने उनको भनाइ छ।
Advertisement
किराँतीले सरकारको सय दिने कार्यकाल अपेक्षाअनुसार परिणाममुखी हुन नसकेको दाबी गर्दै सुशासन, प्रशासनिक सुधार, रोजगारी, अर्थतन्त्र र सेवा प्रवाहमा उल्लेखनीय सुधार नदेखिएको बताए।
उनले सरकारका सकारात्मक काममा समर्थन र कमजोरीमा रचनात्मक खबरदारी गर्ने नीति आफ्नो पार्टीको रहेको स्पष्ट पारे।
किराँतीले दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्नेमा जोड दिँदै सत्य, न्याय र विधिको शासन नै लोकतन्त्रको आधार भएको उल्लेख गरे।
