स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा देवघाट गाउँपालिकाको समन्वयमा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाका लागि क्षमता विकास र योजना तर्जुमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
Advertisement
असार १५ देखि १७ गतेसम्म जनप्रतिनिधि तथा कर्मचारीका लागि क्षमता विकास तालिम र असार १८ देखि २१ गतेसम्म योजना क्षेत्र पहिचान तथा कार्ययोजना निर्माणसम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको थियो।
देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले सहभागीहरूको योजना निर्माण, कार्यान्वयन तथा स्थानीय शासनसम्बन्धी क्षमता अभिवृद्धिमा टेवा पुगेको आयोजकले जनाएको छ।
