• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, मङि्सर २०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

  • १०. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै


  •   आइतबार, असार २४, २०८१ मा प्रकाशित
  • चितवन राष्ट्रिय निकुञ्ज भित्रको सडकखण्ड धुलोरहित बनाउन, मध्यवर्ती क्षेत्र खारेजी लगायतको विषय उठान गरि समृद्धिका लागि युवा अभियान माडीले सुरु गरेको आन्दोलनका सबै चरणहरु सुस्ताएको छ ।

    Advertisement

    जिल्ला प्रशासन कार्यालय चितवनमा ध्यानाकर्षण पत्र दिने देखि आँपटारीमा चक्काजाम गर्नेसम्मको खाका तयार गरि माडीबासिलाइ एकजुट बनाइ आन्दोलनको अन्तिम तयारीमा रहेको उक्त अभियान अन्ततः सेलाएको छ ।

    कसरि रोकियो त आन्दोलन ? घटनाक्रम समिक्षा गर्दा

    घटना १:  २०८० चैत्र २२ गते

    समृद्धिका लागि युवा अभियान माडीको आव्हानमा माडी–३ बसन्तपुरस्थित वडा नं. ३ को कार्यालयमा छलफल कार्यक्रम आयोजना हुन्छ । सर्वपक्षीय छलफल पश्चात २०८० चैत्र २७ गते जिल्ला प्रशासन कार्यालयमा उल्लेख्य जनसहभागिता सहित ज्ञापन पत्र बुझाउने र पत्रमा तोकिएको मितिसम्ममा माग सुनुवाई नभए आँपटारीमा चक्काजाम गर्ने निर्णय हुन्छ । साथै, सोहि विषयसंग जनप्रतिनिधि र राजनैतिक दलसंग समन्वय र छलफल गर्ने निर्णय गरिन्छ ।

    घटना २ः  २०८० चैत्र २६

    आन्दोलन गर्ने घोषण गरेको ३ दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन आएको बेला माडी नगरपालिकाको नगरप्रमुख ताराकुमारी काजी महतोको नेतृत्वमा २८ जनाको एक प्रतिनिधी मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अनुरोध पत्र बुझाउँछ । प्रचण्डको आश्वासन बोकेर सामुहिक फोटो खिचाएर २८ जनाको टोली माडी फर्किन्छ ।

    घटना ३ः  प्रधानमन्त्री प्रचण्डसंगको त्यो मिठ्ठो भेटपछि अभियान्ताको टोलीमा आन्दोलनको जाँगर हराउँछ । त्यसपछि बैशाख १५ गतेबाट २३ गतेसम्म चल्ने माडी साँस्कृतिक तथा पर्यटन उत्सवलाई असर पर्नसक्ने भन्दै आँपटारी केन्द्रित आन्दोलनलाई पर सारीन्छ ।

    घटना ४ः  आन्दोलनको चर्चा चलीरहँदा २०८१ बैशाख ३ गते सोमबार निकुञ्ज भित्रको भुमिगत लाइनमा समस्या आई सिंगो माडी नै अन्धकारमय हुन्छ । इन्टरनेट, नेटवर्क, कार्यालय सबै प्रभावित भएसंगै माडीको नगरप्रमुख ताराकुमारी काजी महतोको नेतृत्वमा एक प्रतिनिधि मण्डल राातारात काठमाण्डौ डेलिगेसनमा पुग्छ । बैशाख ७ गते प्रचण्डको फिल्मि शैलिमा बन सचिवमार्फत बैठकबाटै वार्डेनलाई एक साताभित्रै विधुत फल्ट पत्ता लगाउन मिल्नेगरि पोल गाड्न सघाउन निर्देशन दिइन्छ ।

    घटना ५ः  प्रधानमन्त्री प्रचण्डले बैठकबाटै सिधा निर्देशन दिएको एक साता पुग्न लाग्दा पनि काम हुने छाँटकाँट नदेखिएपछि बैशाख १२ गते पुनः रातारात डेलिगेसन गएर पत्र नबुझि माडी नफर्किने भएपछि वन विभागले निकुञ्जलाई लिखित पत्राचार गरि ३ ठाउँमा पोल गाड्न अनुमति दिन्छ । र ३ ठाउँमा हरीया पाेल गाडिन्छ (तार जाेड्न भने बाँकि) । त्यसै बैठकमा पनि निकुञ्जकाे विषय छलफलमा आएकाे बताइन्छ ।

    घटना ६ः  यता समृद्धिको लागि युवा अभियान माडीले आन्दोलनको तयारी भन्दै विभिन्न संघसंस्था, सम्पर्क मंचलाइ अभियानमा आवद्ध गराउन पहल थाल्छ । सोहि अनुरुप बैशाख १४ गते भरतपुर–माडी सम्पर्क मंचसंगको बैठक भरतपुरको होटल ग्लोबलमा सम्पन्न हुन्छ ।

    घटना ७ः  आन्दोलनको तयारी स्वरुप अभियानले बैशाख २२ गते शनिबार माडी क्याम्पसको सभाहलमा आन्दोलनमा व्यापक सहभागिता हुनेगरि अभियानको अगुवाइ गरेको समृद्धिका लागि युवा अभियानको टाेली सहितकाे साझा नाम “माडी संघर्ष समिति” नाम राखि १०१ मुल सदस्यिय समिति गठन गरि शुक्रमीया चौधरी, रामबन्धु पोख्रेल, रामचन्द्र लम्साल, विष्णु कुमारी क्षेत्री र सुरेन्द्र श्रेष्ठ गरि ५ जना लाई अध्यक्षमा चयन गरिन्छ ।

    घटना ८ः  जेष्ठ १४ गते सोमबार चितवनको नारायणी नदीको सिग्नेचर पुल उद्धघाटन गर्न आउनुभएका प्रधानमन्त्री प्रचण्डले निकुञ्जको बाटो धुलोरहित बनाउन सरकारले बजेट विनियोजन गरिसकेको र अध्यादेश मार्फत ऐन संसोधन समेत गरिएको भनेर सार्वजनिक रुपमै बोलेपछि बचनकाे पक्का प्रचण्डकाे आश्ववासनलाई आधार मानी जेष्ठ १५ गते बजेट भाषणसम्म कुर्ने निर्णय हुन्छ ।

    घटना ९ः  बचनकाे पक्का प्रचण्डले भाषणमा भने अनुरुप आर्थिक वर्ष २०८१–८२ को बजेटमा “चितवनकाे माडी” शब्द खाेज्दा कतै नभेटिएपछि “माड‌ी सङ्घर्ष समिती” द्वारा जेष्ठ १५ गते साँझमा राँके जुलुस सहित विरोध र्यालि प्रदर्शन गरिन्छ ।

    घटना १०ः  राँके जुलुसपछि माडी संघर्ष समितिको टोलीसंग सत्तापक्षिय दलहरुले (प्रचण्ड सरकालाई समर्थन फिर्ता लिनु पुर्व) के–कती अनुरोध, दबाब, आश्वासन दिए त्यो खुलस्त नभएपनि पारदर्शी अनलाइनले माडी संघर्ष समितिका एक अध्यक्षसंग प्रत्यक्ष फोन सम्पर्क गरि बुझ्दा निकुञ्जको ८ किलोमिटर सडकको लागि करिब डेढ करोड बजेट परेकोले पर्ख र हेर को अवस्थामा रहेको साथै असार महिना आम माडीबासिहरु खेतमा व्यस्त हुने भएकोले आन्दोलनमा उपस्थित हुने सम्भावना न्युन रहेकोले तत्काल सबै कार्यक्रमहरुको थाँती राखिएको जानकारी प्राप्त हुन्छ ।

    यसरी, माडीका सक्रिय युवाहरुको अभियानले चैत्र २२ गतेबाट सुरुभएको निकुञ्ज केन्द्रित अभियान ३ महिनासम्म पनि बैठकमै सिमित भएर वर्खा लागेकोले रोकिएको बताइएको छ । आशा गरौं भदौरे झरी पछिको दशैं तिहारको बिचमा चर्को घाम नलागेमा या मंसिरको चिसो मौसममा आफ्नो आस्थाको राजनैतिक दल सरकारमा नरहेमा माडीबासिको हकहितका लागि आवाज बुलन्ध पार्नेगरि परिवर्तनको यो अभियानले पुर्णता पाउनेछ र माडीबासिकाे माग पूरा हुनेगरि सम्बाेधन हुनेछ ।

    (पारदर्शी अनलाइन डटकम का समाचार कक्षका टिमबाट तयार पारिएको विश्लेषणत्मक समाचार) #PRD810324

     

      आइतबार, असार २४, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै
      आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
      माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड
      नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता
      तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन
      एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • २.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ३.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ४.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ५.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      • ६.
        एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      • ७.
        स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

      • ८.
        एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.