फिल्मी निर्देशक कपिल जङ आले मगरले आजको युगमा फिल्मी क्षेत्र थप चुनौतीपूर्ण बनेको बताउनुभएको छ ।
पारदर्शी अनलाइनसंग संक्षिप्त कुराकानी गर्नुहुँदै मगरले फिल्मी क्षेत्रमा नयाँ पुस्ताको अभाव देखिन थालेको बताउनुभएको हो । पछिल्लो समय विभिन्न गित तथा अभिनयहरुमा देखिएका विकृति तथा छाडापनले समेत फिल्मी क्षेत्रप्रति दर्शक श्रोताको निराशा देखिन थालेको बताउनुभयो ।
बढ्दो महँगीका कारण स्वदेशमा नै आत्मनिर्भर भएर काम गर्ने वातावरण नहुँदा फिल्मी क्षेत्रमा नयाँ पुस्ताको खडेरी लागेको फिल्मी निर्देशक मगरको भनाइ छ । मगर डाइरेक्टर र सिनिम्याटो ग्राफर समेत हुनुहुन्छ । उहाँले थुप्रै फिल्म तथा गितहरुमा अभिनय समेत गरिसक्नुभएको छ ।
फिल्मी तथा अन्य क्षेत्रमा राज्यले नवयुवाहरुलाई हौसला प्रदान गराउन नसक्दा समेत कलाकारिताप्रति नव युवाहरुको रुचि बिस्तारै कमि हुँदै गएको कलाकार अजय श्रेष्ठले बताउनुभयो । समाज रुपान्तरणमा कलाकारिताको महत्त्वपूर्ण भूमिका हुने हुँदा आजको युग अनुसारको फिल्म निर्माण गर्नुपर्ने श्रेष्ठले बताउनुभयो । तर आजको युग भन्दैमा फिल्मी क्षेत्रमा विकृती फैलाउन भने नहुने उहाँको भनाइ छ ।
समाजमा हुने विकृती र बिसङ्गतीलाई चिर्दै चेतना जगाउने कार्यमा फिल्मी क्षेत्रलाई अगाडि बढाउन सकिएमा नेपालको फिल्मी क्षेत्र थप उचाईमा पुग्ने श्रेष्ठको भनाइ छ ।
उता, लागू औषध दुर्व्यसनी नियन्त्रण सम्बन्धिको फिल्म आउँदो भदौ ३ गते रिलिज हुँदैछ । झन्डै चार लाखको लागतमा निर्माण हुन लागेको उक्त फिल्ममा डाइरेक्टर एवं राईटर तथा पोडुसर कपिल जङ आले मगर हुनुहुन्छ । याक्टरहरुमा अजय श्रेष्ठ, लक्की चौधरी, राजिप लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
लागू पदार्थ दुर्व्यसनीले समाज आक्रान्त बनेको भन्दै फिल्मी निर्देशक कपिल जङ आले मगरले समाजका लागि सचेतना स्वरुप चितवन डाइरीज फिल्म रिलिज हुन लागेको जानकारी दिनुभयो ।