मध्ये नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफएमले आजदेखि साताव्यापी वार्षिकोत्सव सुरु गरेको छ ।
स्थापनाकालदेखि धर्म, संस्कृतिको जगेर्नामा लाग्दै आइरहेको कालिका एफएमले जनतामा सत्यतथ्य र निश्पक्ष समाचार सुसूचित गराउदै आइरहेको छ ।
वार्षिकोत्सवका अवसरमा आज कालिका एफएमले संगीत संचार र समाजसेवामा कालिका संचालन गरिरहेको छ । कार्यक्रममा बिगत लामो समयदेखि संगीत संचार र समाजसेवामा लागेका व्यक्तिहरुसंग भलाकुसारी गरिएको हो ।
कार्यक्रममा बोल्नुहुँदै चितवन साहित्य परिषदका पूर्व अध्यक्ष केदारनाथ खनालले साहित्य कलाका क्षेत्रमा कालिका एफएमले बिशिष्ट योगदान खेलेको बताउनुभयो । साहित्य क्षेत्रको जगेर्नामा जोडदिदै नवप्रतिभाशाली कलाकारको खोजी र प्रतिभाको प्रस्फुटन गराउनुपर्ने बताउनुभयो ।
त्यस्तै माइती नेपालका कार्यक्रम संयोजक एवं मानव बेचबिखन नियन्त्रण जिल्ला संजालका अध्यक्ष ईश्वर गिरीले आजको परिवर्तनशिल समाजमा कालिका एफएमले खेलेको भूमिका प्रंशसनीय भएको बताउनुभयो । बिगतमा कालिका एफएमले गर्दै आइरहेका विविध कार्यक्रमहरुलाई अझ स्थान दिदै जानुपर्ने बताउनुभयो ।
यसैगरी नेपाल पत्रकार महासंघका सचिव एवं इन्सेक चितवनका जिल्ला प्रमुख दिपेन्द्र अधिकारीले मुलधारका मिडियाहरु अब न्यु मिडियासंग प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो । संचार क्षेत्रको इतिहासमा कालिका एफएमले आफ्नै छुट्टै इतिहास र पहिचान बनाएको उल्लेख गर्दै उहाँले समसामयिक परिवेश सुहाउँदो रेडियोका कार्यक्रमलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा हाम्रो भरोसा नेपालकी अध्यक्ष सिन्धु ढकाल, संगीत प्रशिक्षक चन्द्र घले र जिल्लाका विभिन्न सामाजिक प्रतिष्ठित व्यक्तित्वहरुको कार्यक्रममा सहभागीता रहेको थियो । कालिका एफएम यही असोज २६ गते २२ बर्ष पूरा भएर २३ बर्षमा प्रवेश गर्दैछ ।