चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तले जङ्गली बँदेल अवैध रुपले पालेको कारण नियन्त्रणमा लिइएकाे बताउनुभएको छ ।
जङ्गलि बँदेलकाे बच्चा पालेकाे भन्दै चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडी-८ का दुईजना महिलाहरूलाइ पक्राउ गरेकाे विषयमा पारदर्शी अनलाइनसंग कुरा गर्दै उहाँले आवश्यक प्रक्रिया पुरा गरि बंदेल पालन गरेका कुनैपनि कृषकहरुको हस्तक्षेप नगरेको भन्दै उहाँले अवैधानिक रुपले निकुञ्जबाट समातेर बंदेल पालेकाे गरेको कारण नियन्त्रणमा लिइएको बताउनुभयो ।
निकुञ्जका सेनाहरु साँझको समयमा गस्ती गर्ने क्रममा जङ्गली बंदेलको बच्चा समातेर लगेको जानकारी पाएसंगै नियन्त्रण लिइएकोले यसलाई सामान्य रुपले लिन अनुरोध गर्नुभयो ।
साथै, व्यवसायिक रुपले आवश्यक प्रकृया पूरा गरि बंदेल पालन गर्न सकिने व्यवस्था रहेपनि निकुञ्जबाट समातेर कुनैपनि जङ्गली जनावर ल्याउने जो कोहिलाई पनि नियन्त्रणमा लिइने उहाँले बताउनुभयो ।