चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रबाट निस्किएकाे भालुले आक्रमण गर्दा माडी-१ का माैरिपालक कृषककाे २१ घार माैरी र त्यसमा रहेकाे मह मा क्षती पुर्याएकाे छ ।
सोमेश्वर मौरीपालन कृषक समूहका अध्यक्ष युवा व्यवसायी भरत ढकालकाे माडी-५ राधापुरस्थित एग्राे नाइन कम्पनी प्रा.लि. परिसरमा राखिएकाे माैरीका २१ घार आइतबार राती भालुले आक्रमण गरेकाे ढकालले बताउनुभयाे । घारमा जङ्गलि भालुले आक्रमण गर्दा करिब साढे ३ लाख बराबरकाे क्षती पुगेकाे छ ।
दुइ वर्षअघिबाट मात्रै मोरीपालन सुरु गर्नुभएको उहाँले स्वदेशमै आत्मनिर्भर बन्ने चुनौतीका साथ लागि पर्नुभएको थियाे ।
माैरीपालन व्यवसायी गरि स्वदेशमै उद्यमशिल बन्ने प्रयासरत रहिरहंदा जङ्गलि जनावरकाे आक्रमणबाट व्यवसायमा क्षती पुगेकाेमा उहाँले दु:ख व्यक्त गर्नुभयाे । यसअघि जङगलबाट आउने अरिङ्गाल र बि हिटर चराले मोरी खाइदिने समेत गरेकाे उहाँले बताउनुभयाे । #PRD810804 #Mauri