• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, मङि्सर २०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

  • १०. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ : मन्त्री पौडेल


  •   बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
  • स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरूलाई शय्याका आधारमा नभई सेवाका आधारमा वर्गीकरण गर्नुपर्ने बताउनुभएको छ ।

    Advertisement

    नेपाली कांग्रेसका अग्रज नेता स्व. बलबहादुर श्रेष्ठको १२औँ स्मृति सभामा उहाँले अस्पताललाई शय्याका आधारमा वर्गीकरण गर्दा व्यवस्थित र प्रभावकारी बनाउन नसकिने धारणा राख्नुभयो ।

    अस्पताललाई वर्गीकरण गर्दा सेवाका आधारमा गर्नुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले यसले अस्पतालको सेवा प्रभावकारी र नागरिकमैत्री बन्दै जाने विश्वास समेत व्यक्त गर्नुभयो ।

    स्वास्थ्य क्षेत्रभित्र समाजवाद र लोकतन्त्र रहेको भन्दै उहाँले यसलाई अनुभूतिमा परिवर्तन गर्न आजको स्वास्थ्य परिस्थितिलाई बदल्न जरुरी रहेको बताउनुभयो ।

    मन्त्री पौडेलले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा केही नभएको होइन, आवश्यकताअनुसार नभएको मात्रै हो । यसलाई सुधार गर्दै जानु जरुरी छ ।” जनताको आधारभूत स्वास्थ्य संवैधानिक अधिकार रहेको बताउँदै संविधानले व्यवस्था गरेको स्वास्थ्यको हकलाई सुनिश्चित गराउन स्रोतको सुनिश्चितता गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
    सीमित साधन, स्रोतभित्र अधिकतम काम गर्नुपर्ने आजको स्थिति रहेको मन्त्री पौडेलको भनाइ थियो । उहाँले भन्नुभयो, “सीमित स्रोत, साधन र जनशक्तिले धेरै सेवा दिनुपर्ने बाध्यता छ । यसलाई व्यवस्थापन गर्न मन्त्रालय लागिपरेको छ ।”

    मन्त्री पौडेलले १४ वर्षमुनिका बालकालिकाको क्यान्सरको उपचार पाँचवटा अस्पतालमा निःशुल्क हुने व्यवस्था गरेको बताउँदै अन्य उपचारमा पनि राज्यलाई दायित्व नबढ्ने गरी व्यवस्थापन गर्ने काम भइरहेको जानकारी दिनुभयो ।

    जलन उपचारका लागि यस वर्ष नेपालका आठवटा अस्पतालमा निःशुल्क सेवाको व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभयो ।
    विसं २००८ मङ्सिर १२ गते हालको इच्छाकामना गाउँपालिका–२ विप्राङमा जन्मिनुभएका कांग्रेसका पुराना नेता श्रेष्ठको १२औँ स्मृतिमा कार्यक्रम आयोजना गरिएको हो ।

    २५ वर्ष जनप्रतिनिधि भएर काम गर्नुभएका श्रेष्ठले विसं २०३५ मा बनेको शक्तिखोर गाउँ पञ्चायतको पहिलो प्रधानपञ्चमा निर्वाचित हुनुभएको थियो । सामाजिक क्षेत्रमा योगदान दिनुभएका श्रेष्ठले स्थानीय स्वास्थ्य चौकीलाई १० कट्ठा जमिन दान गर्नुभएको थियो ।
    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, अञ्जली श्रेष्ठ, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाली कांग्रेस चितवनका पूर्वसभापति शेषनाथ अधिकारी, कृष्णलाल सापकोटा, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य कुमार कार्की, नेपाली कांग्रेसका पूर्ववडा सभापति लीलाबहादुर श्रेष्ठ, नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठलगायत व्यक्ताले बलबहादुरले राजनीतिक तथा सामाजिक रूपमा खेल्नुभएको भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो ।

    नेपाली कांग्रेस कालिका नगरपालिका–९ ले आयोजना गरेको कार्यक्रमको अध्यक्षता सभापति कुमलाल श्रेष्ठ गर्नुभएको थियो । कार्यक्रममा कांग्रेसका केन्द्र, प्रदेश र स्थानीय नेता, स्थानीय जनसमुदायको उपस्थिति थियो । रासस

      बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै
      आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
      माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड
      नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता
      तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन
      एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • २.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ३.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ४.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ५.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      • ६.
        एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      • ७.
        स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

      • ८.
        एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.