• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
सोमबार, मङि्सर २३, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल

हेटौंडामा एकै दिन भत्काइए ५३१ घर

माडी सम्भावना चुनौती र संबाहक हो

विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति

रास्वपा प्रतिनिधिसभा उम्मेदवारका लागि आवेदन खुला, शुल्क २५ हजार

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

धादिङमा भएको सात सवारीसाधन दुर्घटनामा चितवनको स्कुल बस पनि पर्‍यो,२५ जना घाइते (नामावलीसहित)

निर्वाचन आउन ८८ दिन बाँकीः समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

एनपिएलः आज लिग चरणको अन्तिम खेल हुँदै

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ४. माडी सम्भावना चुनौती र संबाहक हो

  • ५. नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

  • ६. निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

  • ७. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ८. निर्वाचन आउन ८८ दिन बाँकीः समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

  • ९. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • १०. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

नेपालको पर्यटन क्षेत्र थप चुनौतीसंगै बलियो आधारपनि हो : प्रसाईं


  •   बिहिबार, माघ १७, २०८१ मा प्रकाशित
  • चितवनमा चिरपरिचित कृष्णहरि प्रसाईं सामाजिक क्षेत्रमा समेत उत्तिकै परिचित हुनुहुन्छ । वि.स. २०२९ सालमा चितवनमा जन्मनुभएका प्रसाईं सानै उमेरदेखि सामाजिक क्षेत्रमा सरिक हुनुभयो । अहिले उहाँ बाटुली पोखरी वन उपभोक्ता समूहको अध्यक्ष समेत हुनुहुन्छ । सामाजिक क्षेत्रमा उहाँको अनुभवलाई समेटेर हाम्रा पारदर्शीकर्मी अजित अधिकारीले प्रसाईंसंग गर्नुभएको संक्षिप्त कुराकानी

    Advertisement

    यहाँलाई हार्दिक स्वागत छ, पारदर्शी अनलाइन डटकममा ?

    धन्यवाद अजित जि !

    आराम हुनुहुन्छ ?

    आराम छु ।

    आजभोलि के काममा व्यस्त हुनुहुन्छ ?

    अजित जि ! विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छु । विभिन्न सभा सम्मेलनमा समेत अध्यक्ष भएको नाताले उपस्थिति जनाउनुपर्ने हुन्छ । त्यही भएरपनि आफ्नो कर्ममा व्यस्त नै छु ।

    खासगरी तपाईंलाई सामाजिक कर्ममा लाग्ने प्रेरणा कसरी जाग्यो ?

    अजित जि ! म सामाजिक कर्ममा सानै उमेरदेखि लागेको हुँ । मेरो बाल्याबस्था गाउँघरमा बित्यो । म एउटा मध्यम वर्गको मान्छे हुँ । मेरो बुवाआमा खेतीपाती गर्नुहुन्थ्यो । बाबुआमाले देखाएको बाटो र सपना पूरा गर्नु एउटा छोराको कर्तव्यपनि हो ।

    पर्यटन प्रवर्द्धनका लागि कस्तो काम भइरहेको छ ?

    पर्यटन प्रवर्द्धनमा ठूलो काम भएको छ । तालको व्यवस्थापनसंगै पर्यटन भित्र्याउनका लागि समेत हामीले दुईवटा डुङ्गा भित्र्याएका छौं । धेरै काम गर्न बाँकी छ । आन्तरिक तथा वाह्य पर्यटकको आवागमन समेत बढ्दो छ । प्रदेश र केन्द्रबाट समेत ताल संरक्षणका लागि समेत बजेट परिरहेको छ । पोखरीसम्म जानको लागि समेत बाटो निर्माण र व्यवस्थित ड्याम बनाउने काम भइरहेको छ ।

    यहाँ घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकले के के देख्न सक्छन् ?

    अजित जि ! बाटुली पोखरी आफैंमा एक पर्यटकिय क्षेत्र हो । यहाँ शुन्दर वनको आडमा बस्ती छ । विभिन्न जातजातिको बसोबास छ । सबैका आआफ्नै भेषभुषा र परम्परा छन् । प्राकृतिक सम्पदाले समेत रमणिय क्षेत्र छ । विभिन्न प्रजातीका चराचुरुङ्गीहरु ठुलठुला जंगली जनावर बाघ, भालु, हात्ती, गैंडा जस्ता जनावर सहजै हेर्न सकिन्छ । पिकनिक स्पोर्ट्स समेत रहेकाले विभिन्न क्षेत्रका मानिसहरु यहाँ आउने गर्छन् ।

    उसोभए यहाँ कहाँबाट मानिसहरु आउने गरेका  छन् ?

    अजित जि ! यहाँ देशका विभिन्न जिल्ला तथा क्षेत्र यसैगरी हाम्रै छिमेकी राष्ट्र भारतबाट समेत मानिसहरु आउने गरेका छन् । एकपछि अर्को गर्दै दिनानुदिन पर्यटकको संख्यामा समेत वृद्धि हुँदै गएको छ ।

     वन जङ्गलको संरक्षणमा यहाँहरुको अभियान कस्तो छ ?

    हाम्रो वन जङ्गल जोगाउने अभियानमा हाम्रो ज्यादै ठूलो भूमिका छ । आजको परिवर्तनकारी समाजमा काम गर्नपनि त्यति नै गाह्रो छ । समाजमा वनजङ्गलको महत्त्व दर्शाएर यहाँका धार्मिक तथा ऐतिहासिक स्थल र त्यसको प्रचारप्रसार, आम नागरिकमा वन जंगल संरक्षण सम्बन्धि जनचेतना र वृक्षरोपण कार्यक्रम समेत गर्दै आइरहेको छ ।

    सामाजिक क्षेत्र अहिले कत्तिको चुनौतीपूर्ण छ ?

    अजित जि ! सामाजिक क्षेत्र पक्कैपनि चुनौतीपूर्ण छ । यहाँ जसअबजस दुवै छ । तर आफू लागेको क्षेत्र राम्रो होस् भन्ने चाहना त सबैमा हुन्छ । तापनि आर्थिक क्षेत्रमा सबल बन्न यो सामाजिक कर्मले दिदैन । अहिलेको यो महङ्गो जमानामा निशुल्क सामाजिक कर्म गरेरपनि बाँच्न एकदम गाह्रो छ ।

    यहाँ कतिसालदेखि आबद्ध हुनुभयो ?

    म यहाँ ६२/६३ देखि आबद्ध भएको हुँ । दुई कार्यकाल सचिब एक कार्यकाल सल्लाहकार र अहिले हाल अध्यक्षमा नियुक्ति भएको छु ।

    केके काम गर्न बाँकी छ ?

    सडक, बिजुली बत्तिको निर्माण गर्न अझै बाँकी छ । तालको व्यवस्थापनमा जोडदिन आबश्यक छ । प्रयाप्त डुङ्गाको व्यवस्थापन नहुँदा समेत आउजाउमा समस्या देखिएको छ ।

    वार्षिक आम्दानी कस्तो छ ?

    वार्षिक आम्दानी हालसम्म राम्रो रहेको छ । खासगरी आन्तरिक वाह्य पर्यटकहरु फाल्गुन महिनादेखि बढी आउने हुँदा त्यसपछि घुइँचो लाग्ने गर्छ । चारैतिर हरियाली वन जंगल देख्न सकिन्छ । हामीकहाँ पर्यटकका लागि बीसहजारी ताल र बाटुली पोखरी आकर्षक केन्द हो ।

    नेपालमा पर्यटन वृद्धिमा कस्तो खालको भूमिका खेल्नुपर्ला ?

    अजित जि ! हाम्रो देश सम्भावनाले भरिपूर्ण छ । यहाँका प्राकृतिक जडिबुटी, सम्पदा, इन्धन हाम्रा महत्त्वपूर्ण सम्पत्ति हुन् । तर हामीले यिनको महत्त्व बुझ्न नसक्दा आज यो अवस्था आएको हो  । हाम्रो देशमा थुप्रै पर्यटकिय गन्तव्य छन् । दुखको कुरा त्यहाँसम्म जान मिल्ने मोटर बाटोको अझै निर्माण हुन सकेको छैन । हामीकहाँ आफूले नगर्ने अनि अरुको मुख ताक्ने प्रवृत्ति यो नै हाम्रो देशका लागि घातक हो ।

    सर्वप्रथम त, पर्यटकको वृद्धि गराउन राज्यले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ । जस्तै, पर्यटकका लागि राम्रो होटलको प्रबन्ध मिलाउनुपर्छ, गन्तव्य पहिचानका लागि पथप्रदर्शकको व्यवस्था गर्नुपर्छ,  देश तथा बिदेशमा प्रचारप्रसारको व्यवस्था, सस्तो र सर्वसुलभ मूल्यमा खान बस्न र आउन जानको व्यवस्था, सम्भावित धार्मिक तथा पर्यटनको खोजी आदि गर्नालेपनि पर्यटकको वृद्धि हुन सक्छ ।

    अन्त्यमा यहाँलाई केही भन्नु छ ?

    अजित जि ! सर्वप्रथम त, पहिला यहाँलाई धेरैधेरै धन्यवाद ! मलाई तपाईंको लोकप्रिय मिडिया पारदर्शी अनलाइनमा स्थान दिनुभएकोमा म यहाँप्रति निकै आभारी छु । हामी जस्ता समाजसेवी व्यक्तिको अनुभवलाई सबैमाझ साटासाट गर्ने समय दिनुभएकोमा यहाँलाई पनि धन्यवाद !

      बिहिबार, माघ १७, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल
      हेटौंडामा एकै दिन भत्काइए ५३१ घर
      माडी सम्भावना चुनौती र संबाहक हो
      विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति
      रास्वपा प्रतिनिधिसभा उम्मेदवारका लागि आवेदन खुला, शुल्क २५ हजार
      सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ३.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल

      • २.
        हेटौंडामा एकै दिन भत्काइए ५३१ घर

      • ३.
        माडी सम्भावना चुनौती र संबाहक हो

      • ४.
        विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति

      • ५.
        रास्वपा प्रतिनिधिसभा उम्मेदवारका लागि आवेदन खुला, शुल्क २५ हजार

      • ६.
        सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

      • ७.
        धादिङमा भएको सात सवारीसाधन दुर्घटनामा चितवनको स्कुल बस पनि पर्‍यो,२५ जना घाइते (नामावलीसहित)

      • ८.
        निर्वाचन आउन ८८ दिन बाँकीः समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.