नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सञ्चारमाध्यम र पत्रकारमाथि दबाब सिर्जना गर्ने प्रयास बन्द गर्न आग्रह गरेका छन्।
Advertisement
फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ज्ञवालीले कहिले मिडिया हाउसको गेटमा गाडी तेर्स्याएर आतङ्कित पार्ने प्रयास गरिएको, कहिले झुटा मुद्दा लगाइएको र कहिले बिना पुर्जी पक्राउ गर्ने गरिएको भन्दै आपत्ति जनाएका छन्।
“समाचारसँग कति तर्सिएको हो ? पत्रकारको मुख थुन्ने प्रयास बन्द गर !” उनले लेखेका छन्।
