साहित्य संगम चितवनका निवर्तमान अध्यक्ष प्रकाश चापागाईंले विजया दशमी, शुभदीपावली, नेपाल सम्वत् तथा छठ पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
नेपाली समाजका मौलिक सांस्कृतिक पर्वहरूले आपसी प्रेम, आत्मीयता, भाइचारा र सामाजिक सद्भावलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै चापागाईंले यी पर्वले राष्ट्रिय एकता र सांस्कृतिक पहिचानलाई अझ बलियो बनाउन योगदान पुर्याउने बताउनुभएको छ।
उहाँले चाडपर्वलाई खुसी साटासाट गर्ने अवसरका रूपमा मात्र नभई आपसी सम्बन्ध सुमधुर बनाउने, विविध संस्कृति र परम्पराको सम्मान गर्ने तथा समाजमा सकारात्मक सोच र सहकार्यको भावना विकास गर्ने अवसरका रूपमा लिनुपर्ने सन्देश दिनुभएको छ।
चापागाईंले नेपाली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै चाडपर्वको मौलिकता भावी पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ। साथै, चाडपर्वले सबै नेपालीको घरआँगनमा खुसी र उमङ्ग छर्दै देशमा शान्ति, समृद्धि र सद्भावको वातावरण निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ।
उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा विजया दशमी, शुभदीपावली, नेपाल सम्वत् तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।
