चितवनको अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय कपिल सागर कर्माचार्यले व्यवसायिक क्षेत्रमा आफ्नै पहिचान बनाएका छन्। निरन्तर मेहनत, अनुभव र बदलिँदो प्रविधिसँगै अघि बढ्ने सोचका कारण उनी चितवनका परिचित युवा व्यवसायीका रूपमा स्थापित भएका हुन्।
कर्माचार्य युरो अटोमोटिभका प्रबन्ध निर्देशक हुन्। साथै उनी कर्माचार्य इन्टरप्राइजेजका प्रबन्ध निर्देशक तथा उज्यालो टाइम्स मिडिया एण्ड एड्भर्टाइजिङ प्रालिका निर्देशकका रूपमा समेत आबद्ध छन्।
अटोमोबाइल क्षेत्रबाट सुरु भएको उनको व्यवसायिक यात्रा सवारीसाधनको बिक्री–वितरणसँगै विद्युतीय सवारीसाधनको बढ्दो बजारतर्फ समेत विस्तार भएको छ। यसअघि नवीन अटो सेन्टरका सञ्चालकका रूपमा समेत सक्रिय रहेका कर्माचार्यले व्यवसायसँगै सामाजिक तथा संस्थागत गतिविधिमा पनि आफ्नो सहभागिता जनाउँदै आएका छन्।
निरन्तरता, विश्वास र समयअनुसार परिवर्तनलाई आत्मसात् गर्ने शैलीलाई आफ्नो व्यवसायिक यात्राको आधार बनाएका कर्माचार्यको यात्रा चितवनको उद्यमशील क्षेत्रमा अघि बढिरहेको छ।
